भत्केको त्रिवि बिग्रेको शैक्षिक वातावरण

20150729090504_tu-news-photoकाठमाडौँ । स्नातक तहको परीक्षा दिएर झण्डै एक वर्ष स्नातोकोत्तर तहको पढाइ सुरु गर्न नपाएका विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली अन्तर्गत कक्षा सञ्चालन गर्ने भए पनि उत्साही भएका थिए । तर अहिले त्यो उत्साह विद्यार्थीहरु माझबाट हराउँदै गएको छ ।
त्रिविले वार्षिक परीक्षा प्रणालीबाट नतिजा राम्रो नआएको भन्दै स्नातोकोत्तर तहको पठन पाठन सेमेस्टर प्रणालीमा लगे पछि त्रिविको शिक्षा प्रणालीमा सुधार आँउछ की भन्ने आम विद्यार्थीहरुले गरेका थिए । तर पनि त्रिवि अझै पनि उही पुरानै ढर्रामा चलिरहेको छ । विना पूर्वाधार सेमेस्टर प्रणाली सुरु गरेको भन्दै सुरुमा नै यसको विरोध भएको थियो । विरोधका बिच पनि २०७१ साल देखि केन्द्रीय विभागहरुमा सेमेस्टर प्रणाली लागु ग¥यो । चालु शैक्षिक सत्रबाट काठमाडौँ र अन्य आंगिक क्याम्पसहरुमा सेमेस्टर प्रणाली लागु गर्ने तयारी पनि विद्यार्थी संगठनको विरोधपछि स्थगित भयो । अहिले आएर फेरी सेमेस्टर प्रणाली अध्ययन गर्ने विद्यार्थीहरु नै असन्तुस्ट बनेका छन् ।
त्रिविले सेमेस्टर प्रणाली अन्तर्गतको दोस्रो सेमेस्टरको परीक्षा गत फागुन २५ देखि चैत्र ४ गतेसम्म लिएको थियो । उक्त परीक्षाको नतिजा अझैसम्म प्रकाशित गर्न सकेको छैन् । त्रिविले भन्दा पछि प्रवेशिका परीक्षा लिएर परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा प्रकाशित गरिसकेको छ ।
करिब चार लाख विद्यार्थीको ३२ लाख परीक्षा पुस्तिका परीक्षण गरेर नतिजा पनिका सानोठिमीले प्रकाशित गर्दा केही हजार विद्यार्थीको केही हजार पुस्तिका जाँच गरेर नतिजा प्रकाशित गर्न नसक्नु त्रिविको नालायकी पन हो । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागका विद्यार्थी चन्दनकुमार मण्डलले ट्वीटर मार्फत त्रिवि प्रति लज्जित भएको प्रतिक्रिया दिएका छन् ।

We appeared 2nd Sem Exam of MA JMC in Falgun.And, there z no sign of result yet. This is Semester System of TU. #crap #ShameOnTU #TUSemester

उनीमात्र नभइ सोही विभागका अर्का विद्यार्थी सुनिल पौडेल पनि उस्तै प्रतिक्रिया छ ।

T.U. had assured to publish result in just 15 days after the completion of exam. It hs been 127 days,we r awaiting 2nd sem result.#ShameOnTU

यही विषयलाई लिएर ट्वीटरमा नै अल्टर कान्छोले यस्तो ट्वीट गरेका छन्,

चार महिन भईसक्यो पर्खाईमा अझै नआउने कस्तो निस्टुरी भइछ । #TUResult #ShameOnTU

यता त्रिविको अंग्रेजी विभागमा तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थी नवराज पाण्डेले हलकारोसँग यस्तो प्रतिक्रिया दिए, ‘अब के भन्ने सेमेस्टर प्रणाली के के न हुन्छ भन्ने लागेको थियो, उही ताल रहेछ । नयाँ बोत्तलमा पुरानो रक्सी ।’
त्रिविले प्रथम सेमेस्टरको नतिजा प्रकाशन भएको झण्डै दश महिना पुरा हुँदा समेत नतिजाको लब्धांकपत्र (मार्कसीट) उपलब्ध नराउँदा विद्यार्थीहरुमा थप अन्यौलता छाएको छ । सेमेस्टर प्रणाली सुरु गर्दा विद्यार्थीलाई पठनपाठन प्राविधिक तथा प्रयोगात्मक प्रणालीबाट सञ्चालन गर्ने भनिएको थियो । तर पनि विद्यार्थीले प्रयोगात्मको नाममा कक्षाकोठा पनि नपाएको गुनासो हलकारोसँग गरेका छन् ।
‘प्रोजेक्टरबाट पढाउने भनिएको थियो’, अंग्रेजी विभागका एक विद्यार्थीले भने, ‘अहिलेसम्म प्रोजेक्टर कस्तो हुन्छ देखिएको छैन् ।’ विद्यार्थीहरुले विश्वविद्यालयले सेवा राम्रो नदिएको, पुरानै किसिमको कक्षा सञ्चालन गरेको, शूल्क अनुरुपको सेवा नदिएको तथा शिक्षक तथा प्राध्यापकहरु पनि पुरानै तरिकाले पढाउने भएको भन्ने गुनासो गरेका छन् । (विद्यार्थीहरुले व्यक्त गरेको विचारका लागि भिडियो हेर्नुहोस)
यता पत्रकारिता विभागका प्रमुख प्राध्यापक पी. खरेल आँफूहरुले नतिजा तयारी गरेर वैशाखमा नै बुझाए पनि विश्वविद्यालय ले नै नतिजा प्रकाशित गर्न ढिलाई गरेको बताउँछन् । ‘हामीले त पहिले नै बुझाएका हौँ, भुकम्प अगाडि नै नतिजा आउनुपथ्र्यो किन आएन् उतै गएर सोध्नुस’, उनको यस्तो प्रतिक्रिया थियो ।
यता नेकपा–माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले विश्वविद्यालयले विना तयारी कार्यक्रम सञ्चालन गर्दा समस्या आएको आरोप लगाए । ‘हामीले सेमेस्टर प्रणाली थालनी गर्दा नै विरोध गरेका थियौँ, पूर्वाधार विना कार्यक्रम सञ्चालन गर्दा असफल हुन्छ भनेका थियौँ’, ढकालले भने, ‘अहिले त्यही भएको हो, पूर्वाधार नभएका कारण नतिजा प्रकाशनमा ढिलाई भइरहेको छ ।’
हलकारोले प्रतिक्रिया लिँदै गर्दा उनले अझै पनि सेमेस्टर प्रणाली सञ्चालित परीक्षाको नतिजा चाँडो प्रकाशित गर्न त्रिविसमक्ष माग गर्ने बताए ।
यता हलकारो टोली त्रिभुवन विश्वविद्यालय पुग्दा त्यहाँको अवस्था अस्तव्यस्त पायो । त्रिवि उपकुलपति देखि अधिकाशं संकायका डिनहरुको उपस्थिती कार्यालयमा थिएन् । विहान १२ बजे पुग्दा केन्द्रीय क्याम्पसका प्राचार्यको देखि अधिकाशं विभागका प्रमुखका कुर्सीसमेत खाली थिए ।
धेरै कुर्दासमेत मानविकी संकायका डिन उपस्थित नभएपछि हामीले सहयाक डिनसँग कुरा ग¥यौँ । सहयाक डिन शरदसिंह ठाकुर साधन स्रोतको अभावका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै अब छिट्टै प्रकाशित गर्ने बताए । ‘हामीसँग प्रायाप्त मात्रामा कर्मचारी छैनन्, स्थानको अभाव पनि छ’, उनले भने, ‘त्यस लगत्तै गएको भुकम्पले पनि नतिजा प्रकाशनमा ढिलाई भएको हो ।’ उनले कर्मचारी अभावको कुरा हामीलाई बताउनु अघि उनी बसेकै कुर्सीमा बसेर त्रिविकै कर्मचारी एक अर्कामा गफिँदै सुर्ती माडिरहेका थिए । (सहायक डिन ठाकुरको प्रतिक्रिया भिडियोमा)
पछिल्लो समयमा भुकम्पले शैक्षिक पात्रोमा असर गरे पनि भुकम्प गएको तीन महिना वितिसक्दा समेत त्रिवि भने भुकम्पको बाहानामा विद्यार्थीको भविष्यमाथि कतै खेलवाड त गरिरहेको छैन् ? विभिन्न विद्यार्थी संगठनले आरोप लगाए जस्तै के त्रिवि विना तयारी सेमेस्टर प्रणालीमा हाम फालेको त हैन् ? कक्षा सञ्चालन भएको दुई तीन महिना पछि मात्र करिकुलम सार्वजनिक गर्ने त्रिविको सेमेस्टर प्रणालीको गुणस्तर माथि शंका उब्जिएको छ । यसतर्फ त्रिविले सोच्न जरुरी छ ।

Loading...