सितारामको प्रेम कहानीः छातिमै छ प्रेमिकाको नाम (भिडियो सहित)

‘जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम’ यो उपमा उनलाई संचार माध्यमले दिएका हुन् । जहाँ जाम हुन्छ , त्यहाँ नेपाल ट्राफिकका पहरी निरिक्षक सिताराम हाछेथु (४९) पुगेका हुन्छन् । सधै सडकमा विहान सात बजे देखी राती सम्म हसिलो मुहार लिएर उपस्थित हुने सितारामलाई राजधानीका सडकहरुमा नचिन्ने सायदै होलान्।

सितारम भन्छन्, ‘सडक मेरो घर हो । घर चाँही माइती ।’  सडकलाई नै आफ्नो घर बनाएर सेवामा खटिने उनी भित्र एउटा आदर्श प्रेमीको बास छ । उनै प्रेमी सिताराम र उनकी प्रेमिकासँग हलकारो टिमले यसपटक उनको प्रेम कहानीलाई खोतल्ने प्रयास गरेको छ । प्रेमिकालाई भेटाउन आग्रह गर्दा उनले आफ्नी प्रेमिकालाई आफ्नो कार्यालयमा नै बोलाए । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश (भिडियो पनि) ।

ट्राफिक प्रहरीले राजधानीका सडकमा घाममा धुलो र पानीमा हिलो हुँदा समेत आफ्नो ड्युटी गर्न छोड्दैन । हिलो हुदा आफै वेल्चा समातेर पानीको निकास निकाल्छ भने धुलो हुँदा दिनको १२ घण्टा उभिएर पनि सडकको जाम व्यवस्थापन गर्छ । यो विचमा विरलै चिनिएका ट्राफिक प्रहरी सिताराम पनि एक हुन् । २०४६ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका उनले यो २५ वर्षमा जम्मा ८६ दिन विदा लिएका छन् ।

सितारामको जीवनमा पहिलो स्थान ट्राफिक प्रहरीको जागिर हो । दोस्रो उनकी श्रीमती विजु प्रधान र तेस्रो उनका छोराछोरी हुन् । उनी आइ ए पास हुन् । उनकी श्रीमती विजु प्रधान जल तथा मौषम विज्ञान विभागमा उप–सचिव पदमा कार्यरत छिन् । सडकमा सँधै हात हल्लाउने र संचार माध्यममा निकै छाउने गरेका सितारामको जीवनमा उनकी श्रीमती विजु प्रधानको निकै ठुलो हात छ । ‘यदी उनको सहयोग, माया र विश्वास नभएको भए म आज यो स्थानमा हुने थिएन’, सितारामले भावुक मुद्रामा पोल खोले । माया गर्न निकै खप्पीस सिताराम विजुलाई श्रीमती भन्दा पनि प्रेमिकाको रुपमा हेर्छन् । त्यसैले त छातिमा नै  आफ्नी प्रेमिका (श्रीमती) को नामको टाटु खोपाएका छन् । उनलाई सम्झना छ, छातिमा विहेपछि श्रीमतीको नामको टाटु छातिमा खोपाउँदा विरामी भएका थिए । उपचारका लागि अस्पताल गएका उनको अवस्था देखेर डाक्टरहरुसमेत अचम्मित भए । ‘डाक्टरहरुले कसको नाम भनेर सोधे, मैले श्रीमतीको भने, युनिर्फममा नै गएको मेरो पागलपनलाई देखेर उनीहरुसमेत हाँसे ।’


विवाह भएको २७ वर्ष भैसक्दा पनि हिजो झै लाग्छ प्रेममा परेको सीतारामलाई । सिताराम र विजुको नजरमा प्रेम एउटा सत्य हो । प्रेममा धोका हुदैन्, प्रेम विश्वास हो । प्रेमले वर्तमान मात्र हेर्छ । यसले भविष्य हेर्दैन । उनीहरुको अनुभव छ ।

प्रहरी निरिक्षक सितारम हाछेथुको प्रेम विवाह हो । उनको जीवनमा विजुको प्रवेश २०४४ सालमा भयो । सिताराम भक्तपुरका स्थानिय नेवार, उनको जीवन शैली पनि वेग्लै थियो । सिताराम भन्दा स्थानियहरुले डरले घरको झ्याल बन्द गर्थे । त्यसमाथी केटीहरुले तँ उनलाई डरले फर्केर पनि हेर्थेनन् । ‘दैनिक चारपाँच पटक कपडा परिवर्तन गर्थेँ’, सिताराम आफ्ना पुराना दिन सम्झदैँ आँफैलाई प्रश्न गर्छन, ‘म प्रहरीमा कसरी प्रवेश गरे ?’ सितारामलाई यो सेवामा तान्ने कारक भनेको प्रहरीको सिठ्ठी र लठ्ठीको तागत हो । त्यतिवेला रेडियोमा मान्छे बोल्दा भगवान ठान्ने उनी अहिले भने प्रविधिको प्रयोगमा निकै सिपालु छन् ।

 
ट्राफिक प्रहरीमा उनको कार्यशैली देखेर नै उनले समुदायबाट र प्रहरी निकयबाट गरेर १ सय २७ वटा पुरस्कार पाइसकेका छन् । आँफू जहाँ बस्छन्, त्यहाँ आँफूले जीवनमा पाएका उपहार देखी पुरस्कार सजाएर राखेका छन् उनले । सिताराम भन्छन्, ‘यी भित्तामा टासिएका प्रमणपत्र, फोटोहरुले जविनमा अझै काम गर्ने उत्साह दिन्छ ।’

‘एउटा गुनासो सँधै आँउछ, ट्राफिक प्रहरीले बढी घुस खान्छ, सितारामले कति घुस खाएको छ ?’ हल्कारोको प्रश्न थियो सितारामलाई । कुटनीतिक पारामा जवाफ दिए उनले, ‘अहिलेसम्म म जहाँ गए त्यहाँ ट्राफिक प्रहरीको लागि भवन बनाएँ ।’ २०६९ देखी २०७० साल सम्म दरवारमार्गमा बसेका सितारामले दरवारमार्गमा ट्राफिक प्रहरीका लागि समुदायको सहयोगबाट ६० लाखको भवन बनाए । त्यस्तै कोटेश्वर, कालीमाटीमा समेत भवन बन्यो । अहिले ललितपुरको सातदोवाटोमा ट्राफिक प्रमुखको रुपमा काम गरिरहेका उनले त्यहाँ पनि ट्राफिक प्रहरी कार्यालय भुकम्प प्रतिरोधात्मक प्रविधियुक्त भवन बनाउने तयारी गर्दै छन् । उनले हामीलाई नै प्रश्न गरे, ‘के यसलाई तपाईँले घुस लिएको भन्नु हुन्छ ?’

Loading...