बदनाम मुन्नी मन पर्ने अनुसन्धानका डीअाइजी

hemanta_mallaकेन्द्रिय अनुसन्धान व्युरो सि आई वीका प्रमुख हेमन्त मल्ल । आवरणका मल्ल एक जना सामान्य प्रहरी अफिसर भन्दा केहि फरक देखिन्छन् । वोलाईमा हाँसो ठट्टा, काम गर्दा अहमता अलि कम नै छ उनीमा । आवरणका मल्लसँग मेल खाने खालको उनको मन छैन । 

प्रेमविवाह पछिको श्रीमतिसँगको रोमाञ्चक जिवनयात्रासँगै उनको जिवनलाई रोमाञ्चित वनाईदिने अर्को कुरा हो संगीत । संगीतमा रुचि राख्ने मल्ललाई “मुन्नी वदनाम हुई” भन्ने गीत साह्रै मन पर्छ सँगै नायक सलमान खानले अभिनय गरेका गीतहरु । हिन्दी चलचित्र दवगं प्रति इंकीत गर्दै उनले आफु मोर्डन गीतहरुमा रमाउने गरेको वताए । गीत गुनगुनाउन पनि उनको शोख हो तर गाँउदैनन् श्रीमतीका लागी । आफुलाई सवैभन्दा धेरै माया गर्ने र आफुले पनि जिवनमा सवैभन्दा माया गर्ने मल्लको जिवनको महत्वपुर्ण पात्र हुने उनकी श्रीमती ।

करिव साढे २ दशक अगाडि प्रेमविवाह गरेका मल्लको विवाह पश्चातको प्रेम अझै रोमाञ्चित बन्यो । सँगैघुम्न जानु, एक अर्कालाई आवश्यक समय दिनु सँगै उपहार आदानप्रदानले वैवाहिक जिवनको ताजापनलाई वचाईराखेको छ । 

तर साढे २ दशक पहिलेको प्रेमयात्रा भने त्यति संझन लायक रहेन । दुवै जना एक अर्काको प्रेममा समर्पित भईसक्दा पनि भेटघाट गर्न नपाएकोमा अलि नमिठो महसुस हुन्छ मल्ललाई । नेपालगञ्जमा भएको चिनजान पश्चातको प्रेम सम्बन्धलाई लहानको पोष्टिगंले बिगारेकै हो तैपनि मल्ल जोडिले फोन र पत्रले प्रेम जिवनलाई जिबित राखे अनि मागी विवाह गरे । उनी भन्छन् प्रेम एउटा भित्रैवाट आउने अनुभुति हो । 

जागीरे जिवन 

नेपालको सुरक्षामा खटिएका हजारौ प्रहरीको भिडमा छुट्टै पहिचान छ उनको । पद र पावरले हुन्थ्यो भने सायद उनका अग्रजहरुको छविका सामु उनि हराउथ्ये होला ।  पद, पैसा र पावरले होईन क्षमता, निष्ठता र इमान्दारीताले उनको नामलाई उचो वनाएको छ । 

सि आई वी प्रमुख मल्लले धेरै पुराना र जटिल मुद्धाहरु टुंगाएका छन्, अनि अपराधिहरुलाई कानुनको कठघरामा ल्याएका छन्, उनको काम एउटा सफलता मात्र होईन भविष्यका लागी नजिर वनेको छ प्रहरी होस् त यस्तो अनि अनुसन्धान होस् त यस्तो । 

मल्लले १२ वर्ष अगाडि भएको घटना रानिवारी हत्याकाण्डको छानबिन अनि खुलासा पश्चात अपराधिलाई कानुनी कठघरामा ल्याएर देखाईदिए, न्यायधिश रणवहादुर वमको हत्याको छानविनलाई टुंगाईदिए ,जसले गर्दा सरकारले उनलाई वर्षकै सफल  प्रहरीको रुपमा सम्मान गर्यो । अपराधिका लागी खवरदारीको खम्वाका रुपमा चिनिएका छन्, डि आई जि हेमन्त मल्ल ।

प्रहरी पेशाप्रति हेमन्त मल्लको न कुनै गुनासो न गुञ्जायस छ । प्रहरी नभई म अन्य केहि हुन पाएको भए भन्ने बिषयमा उनले कहिल्यै सोच्नुपरेन । सानैदेखि अनुसन्धानमा रुचि भएका मल्ल आफ्नो जागिरे जिबनमा अनुसन्धान व्युरोमा प्रवेश गर्न पाएकोमा निकै खुसी छन् । जागिरे जिवनको करिव डेढ दशक प्रहरी युनिफर्ममा नै बिताउदा उनले प्रहरी पेशाको त्यो मज्जा लिईसकेका छन् । 

लागु औषधमा कार्यरत भएपश्चात पत्रिकामा आएको समाचारलाई आधार वनाएर आफ्नै पहलमा दूई जना नाईजेरिएन र एक जना नेपालीलाई ढाई किलो हिरोईन सहित प्रक्राउ गर्दाको क्षणले उनलाई अझै पनि अनुसन्धानमा हौसाईदिन्छ । 

आम नेपालीको मानसपटलमा प्रहरीको परिभाषाले वनाएको स्केच भन्दा फरक छन् उनि । काममा जोश, जाँगर र मेहनतले उनलाई एक सक्षम प्रहरी अधिकारीको रुपमा उभ्याएको छ । उनै प्रहरी मल्लको अन्य अनुभव भिडियो सहित 

Loading...