२१ भाषामा गीत गाएर रेकर्ड राख्छु

काठमाडौँ । इच्छा शक्ति हुनु पर्छ मानिसले जे पनि गर्न सक्छ । यसको उदाहरण खोज्न टाढा जानु पर्दैन नेपालमा नै पाइन्छ । त्यस्तै उदाहरण मध्येका एक हुन गायक प्रकाश तिमिल्सिना । उनको जीवन संघर्षले आम मानिसलाई एउटा उदाहरण दिन सक्छ ।

२०४४ सालको वैशाख १ गते सुनसरीको प्रकाशपुरमा जन्मिएका प्रकाश तिमिल्सिनालाई एक वर्षको सानो उमेरमा नै पारिवारीक विछोडको विपत्ति आइप¥यो । २०४५ सालको भुकम्प पछिको कोशीको बाढिका कारण उनले आफ्नो परिवार गुमाए नै आफ्नो दृष्टि पनि गुमाउन पुगे । उनै प्रकाश अहिले नेपाली संगीताकाशमा चम्किला तारा बनेर उदाइरहेका छन् । घरमा सुतिरहेको उनको परिवारलाई बाढिले बगायो । उनी पनि बगे भाग्यको साथ उनलाई माझीले जालमा पारेर बच्न सफल भइ ।
त्यसपछि उनी आफ्नी हजुर आमा देविमायाको साहारामा बाँचे जसको मृत्यु २०६७ साल जेठ १६ गते नै भएको छ । अहिले एक्लै जीवन विताइरहेका प्रकाशले आफ्नो बाल्यकाल धरानमा विताएका हुन् । नौ वर्ष पछि धनकुटाको लेटाङमा हजुरआमासँगै बसाई सरे । लेटाङमा छँदा नेमधारी मण्डल नामका शिक्षकले उनलार्य धनकुटाको हिले भन्दा माथि सिँदुवामा लगेर पढाएको उनी बताउँछन् ।

त्यतिबेलासम्म प्रकाश गीत गाएर परिवारको केही सहारा बनिरहेको थिएँ । १२ पास गरेका प्रकाश पाँच कक्षासम्म सरस्वती मावि सिँदुवामा नै पढेका हुन् । त्यस पछि एक जना बेलायती नागरिक जेवाना स्टुर्ड जो गाउँ विकासको प्रोजेक्ट ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ लिएर आएका थिए उनले नै प्रकाशको बाँकी पढाइ पूरा गर्न सहयोग गरे । एसएलसी कीर्तिपुरको एक विद्यालयबाट २०६३ सालमा प्रथम श्रेणीमा पास गरेँ । त्यसपछि सगरमाथा उच्च माविबाट प्लस टु पास गरे त्यस पछि भने शारिरिक समस्या तथा सांगीतिक व्यस्तताका कारण पढाइलाई निरन्तरता दिन सकेनन् प्रकाशले ।

संगीतमा सानै देखि सौखिन उनलाई खाना खुवाउन समेत गीत संगीतको सहारा लिनुपरेको थियो उनीकी हजुरआमालाई । ‘मलाई खाना खुवाउनसमेत गीत–संगीतको सहारा लिनुप¥यो रे, हजुरआमाले । चार–पाँच वर्षको हुँदा मलाई हजुरआमाले एक ब्याट्रीवाला रेडियो किनिदिनुभएको थियो ।’, उनी सम्झन्छन्, ‘रेडियो आडैमा राखेर सुनिरहन्थेँ । ११ बजे रेडियो बन्द भएपछि मात्र रेडियोका मान्छे खाना खाना गए भनेर मैले खाना खान्थेँ ।’



रेडियोले भने जस्तो भन भन्थे सबैले अनि विस्कुट दिन्थे

‘मलाई त्यसपछि गाउँका सबैले रेडियोले भनेजस्तो भन भन्थे । मैले गीत गाउँदा माया मानेर बिस्कुट खान दिन्थे’, उनी भन्छन्, ‘गीत गाए खान पाइँदो रहेछ भन्ने लाग्यो । यसरी नै खानको लागि मैले गीत गाउँन थालेँ ।’ प्रकाशले कैहिले कहिले १० रूपैयाँमा गीत गाए, कहिले एक झोला नासपतीका लागि गाए । उनको गुजारा यसरी नै चलेको थियो ।

ब्राइटर तिम्रो सुर मेरो गीतले ल्यायो संगीतको दुनियाँमा
त्यतिवेला प्रकाश आठ कक्षामा पढ्दै थिए । नेपाल टेलिभिजनको ‘ब्राइटर तिम्रो सुर, मेरो गीत’ भन्ने कार्यक्रममा उनले भाग लिएर एउटा सांगीतिक उचाइमा पुग्न सफल भए । तर प्रायोजन नपाएर कार्यक्रम रोकियो तर प्रकाशको सांगीतिक यात्रा भने अगाडि बढ्यो । ‘त्यसपछि मैले २०६४ सालमा ‘साउथ एसियन स्टार’ नेपाल भन्ने इमेज च्यानलको एक कार्यक्रममा चार हजार जनालाई जितेपछि भारतमा ‘साउथ एसियन सुपरस्टार’मा भाग लिन पाएँ’, उनी भन्छन्, ‘त्यो कार्यक्रममा म फाइनलिस्ट भएको थिएँ । मैले बेस्ट इंग्लिस प्रोनाउन्सेसन पाएको थिएँ । त्यही कार्यक्रममा बलिउडकी नायिका प्रियंका चोपडा गेस्ट जज बनेर आउनुभएको थियो ।’ प्रियंकाले उनको दाहिने हातमा चुमेको कहिल्यै नभुल्ने उनी बताउँछन् ।



एल्वम विमोचनमा इतिहास

प्रकाशको पहिलो एल्वम विमोचनमा नेपालमा एउटा इतिहास नै खडा गरेको हो । उनको पहिलो एल्वम ‘दिव्य दृष्टि’ नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले सितल निवासमा नै गरेका हुन् । उनको यो एल्वम त्यति चलेन् । ‘मेरै भाषमा भन्नु पर्दा त्यो एल्वम सुपर फ्लप भयो’, उनी भन्छन्, ‘पहिलो एल्वम थियो, अनुभव थिएन्, लगानीकर्ताको लगानी उठाउन सकेन् ।

कन्सर्टमा देश विदेश घुम्दै छन्
प्रकाशले देशविदेशमा थुप्रै कन्सर्टहरू गरेका छन् । नेपालका अधिकांश भागमा पुगेका उनी विदेशमा हङकङ दुई पटक, कोरिया, कतार र दुबई, कोरिया, जापान, युरोपका अधिकांश देश पुगेका छन् कन्सर्टका लागि ।



गिनिज बुकमा नाम लेखाउने अठोट
प्रकाशको एउटा धोको छ गिनिज बुकमा नाम लेखाउने । उनले विश्वमा सबै भन्दा धेरै भाषामा गीत गाउने गायकको रुपमा गिनिज बुकमा नाम लेखाउने अठोट गरेका छन् । विभिन्न सात भाषामा गीत गाउन सक्ने उनले एक वर्षभित्रमा आफूले २१ भाषामा गीत गाएर विश्व रेकर्ड राख्न चाहन्छन् । ‘अहिले २० वटा भाषामा गीत गाएर रेकर्ड कायम छ’, उनी भन्छन्, ‘म त्यसलाई तोड्दै २१ वटा भाषामा गीत गाएर रेकर्ड कायम गर्ने योजनामा छु ।’ अहिले उनी जापानी, कोरियन, अंग्रेजी, भोजपुरी, चीनियाँलगायतका विभिन्न सात भाषामा गीत गाँउछन् । फ्रान्सेली भाषाको गीत सिकिरेको बताउने उनलाई एक जना सहयोगीले फ्रान्सेली भाषाको गीत तयार गरिदिँदै रहेको उनले जानकारी दिए ।

जापानी भाषामा उनको जीवनी
उनी जापान कन्सर्टको लागि पटक पटक पुगेका छन् । अहिले उनको जीवनी जापानी भाषामा निस्किँदै छ । उनी भन्छन्, ‘जापान गएका वेला एक जना सहयोगीले मेरो जीवनीलाई जापानी भाषामा प्रकाशित गर्ने इच्छा देखाएका थिए, अहिले तयार भइसकेको छ केही महिनामा बजारमा आउँछ ।’

गुमेको आँखा फिर्ता हुने आश
आफ्ना गुमेको दृष्टि फिर्ता हुने आशामा छन् उनी । त्यसका लागि अस्ट्रियामा जानुपर्ने डाक्टरहरूको उनलाई सल्लाह रहेको छ । एक महिना अगाडि जापानको एउटा प्रसिद्ध मेडिकल विश्वविद्यालयमा जाँच गराउँदा समेत उनले अष्ट्रियामा उनको उपचार हुन सक्ने जवाफ पाएको उनी बताउँछन् । अहिले उपचारको लागि आवश्यक ४५ लाख रूपैयाँ लाग्नेछ, पैसा जम्मा गर्दैछन् प्रकाश ।

आँफू जस्तैको सेवा गर्ने सोच

प्रकाशले आफू समाजसेवी भएर समाजसेवा गर्न चाहन्छन प्रकाश । तर अहिले त्यो वेला नआएको बताउँछन् । ‘पहिले आँफू बन्नु पर्यो, त्यसपछि म समाजसेवामा लाग्छु’, उनी भन्छन्, ‘अहिले अपांगका नाममा डलरको खेती मात्र हुने गरेको छ, त्यसलाई रोक्नु पर्छ ।’ दृष्टिविहीनहरूलाई शिक्षा पु¥याउन चाहन्छन। आफूजस्ता केही शिक्षित दृष्टिविहीनहरू मिलेर एसोसिएसन बनाउने उनी बताउँछन् ।संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा शिक्षा प्रदान गर्ने योजना छ उनको ।

Loading...