१७ वर्षपछि चितवनमा विकास रनिङ शिल्ड फुटवल

चितवन ११ को विजयी सुरूवात

bikash_gold_cupचितवन, कार्तिक १ । चितवनमा १७ वर्षपछि सोमबारदेखि टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आन्मत्रण नकआउट फुटबल प्रतियोगिता सुरु सुरु भएको छ । विकास शिल्ड समितिको आयोजनामा नारायणगढस्थित क्याम्पा चौरमा सुरु भएको प्रतियोगिताको आज शिक्षा मन्त्री धनीराम पौडेलले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा चितवन ११ ले विजयी सुरुवात गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा हिमालयन युथ क्लव कैलालीलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै चितवन ११ ले विजयी सुरुवात गरेको हो ।

पेनाल्टी सुटआउटमा चितवन ११ का सुमन श्रेष्ठ, भुपेस सिंह ठकुरी, अजय पौडेल र पुकार आलेले गोल गरे भने राजेश परियारको प्रहारलाई कैलालीका गोलकिपर टिकेन्द्र थापाले विफल पारिदिए । यस्तै कैलालीका लागि चेतन चौधरी, नरेन्द्र चौधरी र सन्तोष कार्कीले गोल गरे । फिलिप तामाङको प्रहारलाई चितवनका गोलकिपर मनोज गुरुङले विफल पारिदिए भने गोलकिपर टिकेन्द्र थापाले प्रहार गरेको बल बाहिरिन पुग्यो ।

खेलमा चितवनका गोलकिपर मनोज गुरुङ म्यान अफदि म्याच घोषित भए । यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमले एक–एक गोल गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेलमा चितवन ११ ले ३८ औं मिनेटमा बाबु बानियाँको आकर्षक गोलबाट अग्रता लिएको थियो । तर खेलको ६० औं मिनेटमा कैलालीका प्रणय अन्जनले गोल गदै्र्र खेल बराबरीमा पुर्याए । थप गोल हुन नकसेपछि खेल ट्राईकेबरमा धकेलिएको हो । प्रतियोगिता अन्तरगत भोली शसस्त्र प्रहरीको एपिएफ क्लव र साहारा क्लव पोखराबीच प्रतिस्पर्धा हुने प्रचार–प्रसार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिनुभयो ।

१२ औं सँस्करण अन्तरगत सुरु भएको प्रतियोगिता १४ गतेसम्म चल्ने छ ।

Loading...