मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

messi_barsilonaकाठमाडौँ, कार्तिक ४ । लिओनल मेस्सीको हृयाट्रिकको मदतले स्पेनीश क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीमथि शानदार जित हात पारेको छ ।

पहिलो हाफमा सिटी प्रतिस्पर्धात्मक बनेको खेल दोस्रो हापमा भने बार्सिलोला हाबी बनेको थियो । सिटीका खेलाडीको गल्तीको फाइदा उठाउँदै मेस्सीले १७ औं मिनेटमा खाता खोले । सीटीका गोलकिपर ब्राभोले रातो कार्ड पाएर बाहिरिए पछि १० खेलाडीमा सिमित भएको थियो ।
डि बक्स बाहिर हातले बल समाएकोका उनलार्इ रेफ्रीले मैदान बाहिरको बाटो देखाए । यसको फाइदा उठाँउदै मेस्सी ६३ मिनेटमा अर्को गोल थपे । त्यकसो केही मिनेटमै फेरी ६९ औं मिनेटमा मेस्सीले हृयाट्रिक पुरा गरे ।

७३ औं मिनेटमा बार्सिलोलानका म्याथु दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । यसको फाइदा सीटीले उठाउन सकेन् ।

८७ औं मिनेटमा मेस्सीलार्इ फल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो । तर, नेयमारको पेनाल्टी  सिटीका गोलकिपरले रोके । तर, त्यसको केही मिनेटपछि नै ब्राजिलियनर नेयमारले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई शानदार जित दिलाए ।

Loading...