एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित

anfa_presidentकाठमाडौँ, कार्तिक ८ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । तत्कालिन एन्फा अध्यक्ष गणेश थापा निलब्नमा परे पछि रिक्त रहेको उक्त पदमा श्रेष्ठ निर्वाचित भएका हुन् । उनले कार्वहाक अध्यक्षा कर्मा छिरिङ शेर्पालार्इ पाँच मतले पछि पार्दै विजयी भए ।

एन्फाको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहका मणि कुँवर विजयी भएका छन् । ६७ मत रहेको एन्फामा अध्यक्षमा निर्वाचित श्रेष्ठले ३६ तथा शेर्पाले ३१ मत पाएका थिए । त्यस्तै उपाध्यक्ष विजेता कुँवरले शेर्पा समूहका दीपक खाती र एकल उम्मेदवारी दिएका उपेन्द्रमान सिंहलाई पछि पारे ।

कुँवरले ३४, खातीले २५ तथा सिंहले जम्मा आठ मत पाएका थिए । करिब २० वर्ष एन्फामा एकछत्र अध्यक्ष बनेका गणेश थापा भ्रष्टाचारको मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो ।

 

Loading...