ट्रकले ठक्कर दिँदा दुईको ज्यान गयो

बर्दिया, कार्तिक ११ । बिहीवार बिहान जिल्लाको धधवार–६ माथिल्लो वनगाई चोकमा भएको दुर्घटनामा दुर्इ जनाको ज्यान गएको छ । धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा १ प ७८३३ नम्बरको मोटरसाइकलार्इ ठक्कर दिँदा दुर्इ जनाको ज्यान गएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा धधवार गाविस–३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय युवराज थारुको घटनास्थलमै ज्यान गएको हो ।

बर्दिया धधवार–३ कतनियाँ गाउँ निवासी २३ वर्षीय सञ्जय थारु घाइते भएका छन् । उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

Loading...