सुर्खेतमा १ उपमहानगरपालिकासहित ९ वटा स्थानीय तह बनाउन प्रस्ताव

surkhet-districtpसुर्खेत, कार्तिक २१ । जिल्लामा १ उपमहानगरपालिका सहित ९ वटा स्थानीय तह बनाउने प्रस्ताब गरिएको छ । स्थानीय तह निर्धारण प्राविधिक सहमितले पाँच वटा गाँउ पालिका ५ वटा गाउँपालिका र तीन वटा नगरपालिका र एक उपमहानगरपालिका बनाउन प्रस्ताव आयोगलाई पठाएको छ ।
साविकका २ वटा नगरपालिका र ३९ वटा गाविसलार्इ मिलाएर ९ स्थानीय तहको प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी तथा स्थानीय प्राविधिक समितिका संयोजक अमृत लम्सालले जानकारी दिए ।

जस अनुसार साविकको वीरेन्द्रनगर नगरपालिकालार्इ रतु, गढी र गर्पनलाई मिसाइ उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार र आम्दानीको स्रोतका आधारमा हालको वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका समेत बनाउने सकिने भनी प्रतिवेदनमा खुलाइएको छ । यसरी गरिएको प्रस्तावमा वीरेन्द्रनगर उपमहानगरपालिकामा सबैभन्दा बढी १६ वटा वडा रहने छन् ।

सुर्खेत जिल्ला पुर्नसंरचना स्थानीय तहको विवरण,२०७३
क्र.सं. प्रस्तावित गा.पा./न.पा. साविक गाविस/नपा जनसंख्या क्षेत्रफल प्रस्तावित वडा
चौकुने गा.पा.    लगाम,बेतान,विजौरा,गुटु,घाटगाउँ गाविस २५,२४० ३८१.३ १०
पञ्चपुरी न.पा साल्कोट, बावियाचौर, छाप्रे, विद्यापुर, तातापानी  गाविस ३२,२३१ ३२९.९० ११
बराहताल गा.पा   पोखरीकाँडा, कुनाथरी, लेखगाउँ, हरिहरपुर, तरङ्गा गाविस      २५,९४३ ४५५.०९ १०
विरेन्दनगर उपमहानगर  वीरेन्द्रनगर नपा, रतु, गढी, गर्पन गाविस १,०१,३१७ २६०.८१ १६
चिङ्गाड गा.पा रजेनारानीबास, मटेला, अवलचिङ, पाम्का गाविस १७,२७५ १७०.०९
लेकवेसी न.पा. साटाखानी, कल्याण, दशरथपुर, नेटा, लेखफर्सा गाविस ३०,२९५ १८०.२९ १०
भेरी गंगा न.पा. भेरीगङ्गा, लेखपराजुल   गाविस      41,407    150.19    13  ४१,४०७ १५०.१९ १३
गुर्भाकोट न.पा शुभाघाटन.पा., साहारे, मालारानी, धारापानी गाविस ४३,८१५ २२८.६२ १४
सिम्ता गा.पा. घोरेटा, काफलकोट, बजेडिचौर, काप्रीचौर, डाँडाखाली, खानीखोला, आग्रीगाँउ गाविस    २५,८४५ २४१.६०
Loading...