मिनीट्रक दुर्घटनामा दुईको ज्यान गयो

सुर्खेत, मंसिर ५ । रूकुम जिल्लाको काँक्रीबाट रुकुमकोटतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा दुर्इ जनाको ज्यान गएको छ ।
बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै दुरघटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको ज्यान गएको हो ।

गाडी सडकबाट एक हजार मि तल रुकुमगाड खोलामा पुगेको बताइएको छ । घटना बिहानैको भएकाले जानकारी नहुँदा अबेरसम्म घाइतेको उद्धार हुन नसकेको स्थानीयवासीले बताएका छन् । घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रुकुमकोटका प्रहरी र स्थानीयवासीले उद्धार गरेको जिल्ला प्रहरी कार्यलय रूकुमले जनाएको छ ।

Loading...