अवैध गर्भबाट जन्मेको छोराको हत्या गर्ने महिलालार्इ जेल

जाजरकोट, मंसिर १५ । परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय भएको  छ । जिल्लाको भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले आफ्नै सन्तानको हत्याको अभियोगमा कमलालाई उक्त सजाय हुने फैसला गरेको हो ।

कमलाका पति राजु विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । पति वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँगको अवैध यौन सम्पर्कबाट ६ असोजमा जन्मेको छोरालाई उनले हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिइन् ।

Loading...