गरिब जनता झुपडीमा छन्, बस्न मिल्ने राष्ट्रपति भवन भत्काएर बनाउन माग

सबै पीडितले पहिलो किस्ता पाएका छैनन् तर राष्ट्रपति भवनका लागि एक अर्व !

garibka_taralae_sunya_sital_niwaslae_arabकाठमाडौँ, मंसिर १७ । गत वर्ष वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षती पुराएका घरहरू अझै ठडिन सकेका छैन् । सरकारले दिनु पर्ने पहिलो किस्ताबाफतको रकम पनि अझै धेरैले पाउन सकेका छैनन् । पीडितहरू यो जाडोमा पनि टिनको टहरोमा बस्दै छन् ।

राजधानीमा राष्ट्रपति बस्ने महल पनि केही क्षती पुग्यो । राष्ट्रपति भवन शितल निवास मर्मतकालागि १ अर्व रूपैयाँ लाग्ने बताइएको छ । सरकारले राष्ट्रपति कार्यालय शितल निवास र उपराष्ट्रपति कार्यालय बहादुर भवनको पुनर्निर्माणको प्रक्रिया सुरु गरेको छ ।

राष्ट्रपति कार्यालय शितल निवास पुनर्निर्माणका लागि झन्डै १ अर्ब लाग्ने सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले अनुमान गरेको छ । एकाइका आयोजना प्रमुख शिवहरि शर्माका अनुसार राष्ट्रपति कार्यालयले सबै भाग भत्काएर पुनर्निर्माण गर्न भनेको छ ।

तर आयोजना कार्यान्वयन एकाइले भने कार्यालयको पछाडिको भाग पूरै भत्काएर बनाउने तर अगाडिको भागमा रेट्रोफिटिङ गर्नेबारे अध्ययन गरिरहेको छ । रेट्रोफिटिङ गर्ने कि पूरै भत्काएर बनाउने भन्नेमा अध्ययनका लागि दुई-चार दिनभित्रै कन्सल्ट्यान्ट नियुक्त गर्ने तयारी भइरहेको शर्माले जानकारी दिए ।

गाँउमा गरिबहरू घरै नभएर टहरामा बसेका छन् । तर राष्ट्रपति बस्ने घरको पछाडीको भागमात्र भत्किए पनि पुरै भत्काएर बनाउन दबाब परेको छ। शितल निवास भवनको पछाडिको भाग पूरै भत्काउनुपर्ने पहिलो अध्ययनको निष्कर्ष थियो ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख शिवहरि शर्माका अनुसार अगाडिको भाग सुरक्षित रहेको छ । पुनः सम्पूर्ण भागको अध्ययन गरेर पूरै भत्काएर बनाउने वा अगाडिको भागलाई रेट्रोफिटिङ मात्र गरेर पछाडिको भाग मात्र बनाउने भन्ने निष्कर्षमा पुग्ने उनले बताए ।
 
तर राष्ट्रपति कार्यालयले पूरै भवन भत्काएर नयाँ बनाउन भनेको उनको भनाइ छ । त्यस्तै उपराष्ट्रपतिको कार्यालय बहादुर भवनको रेट्रोफिटिङ गरिने शर्माले बताए । त्यसका लागि डिजाइन भइरहेको छ ।

Loading...