माअाेवादी केन्द्रको पाँच नं. प्रदेशको कमाण्ड रोल्पाका अनन्तले समाल्दै

प्रदेशकै प्रभावशाली नेता रायमाझीलार्इ कुनै पनि जिम्मेवारी दिइएन्

काठमाडौँ, मंसिर २१ । संविधान संशोधन विधेयकको विरोधमा प्रदेश नं. पाँचमा अान्दोलनमा चर्किएको छ । यही अवस्थामा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पाँच नं. प्रदेशको कमाण्डरको रूपमा पूर्व जनसेनाका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तलार्इ जिम्मेवारी दिएको छ ।

मंगलबार बसेको माअाेवादी केन्द्रको पोलिटव्यूरो बैठकले प्रदेश इञ्चार्ज र प्रदेश संयोजक चयन गरेको छ । जसमा अनन्तलार्इ पाँच नं. प्रदेशको इञ्चार्ज बनाइएको छ । संविधान संशोधनमा पाँच नं. प्रदेशबाट चार नं. प्रदेशमा मिसाउन प्रस्तावित रोल्पाका अनन्तलार्इ प्रदेश पाँचको इञ्चार्ज बनाउने अाँफैमा अर्थपूर्णरूपमा हेरिएको छ। यो कार्यविभाजनमा प्रदेश नं. पाँचका माअाेवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीलार्इ अलग राखिएको छ ।

माअोवादी केन्द्रका संसदीय दलका उपनेतासमेत रहेका रायमाझीलार्इ अलग गरी पाँच नं. प्रदेशसँग साइनो नै नभएका अनन्तलार्इ प्रचण्डले प्रदेश कमाण्डर बनाएका हुन् ।

अनन्त संविधान संशोधन अगाडि नै संशोधन प्रस्तावको पक्षमा वकालत गर्दै प्रदेश विभाजन गरिने भन्दै अाएका थिए । प्रदेश विभाजनमा अनन्तले प्रचण्डलार्इ दरो साथ दिएका थिए ।

त्यस्तै प्रदेश नं. पाँच को संयोजकमा पुर्ण घर्ती (आयम)लार्इ चयन गरिएको छ ।

बैठक पछि पार्टी प्रवक्त पम्फा भुषालले दिएको जानकारी अनुसार १ नं. प्रदेशको इन्चार्जमा गोपाल किराँती र संयोजकमा सावित्री काफ्लेलार्इ चयन गरिएको छ ।

त्यस्तै मात्रिका यादव र विश्वनाथ साहलार्इ दुर्इ नं. प्रदेशको क्रमशः इञ्चार्ज र संयोजकको जिम्मेवारी दिइएको छ । हितमान शाक्य तीन नं. प्रदेशको इञ्चार्ज र झक्कु सुवेदी संयोजक चयन भएका छन् । चार नं. प्रदेशको कमाण्ड देव गुरूङले समाल्ने भएका छन् । त्यस्तै कुमार चार नं. प्रदेशको संयोजक चयन भएका छन् ।

६ नं. प्रदेशको इञ्चार्जमा शक्ति बस्नेत र संयोजकमा पारसमणीलार्इ जिम्मेवारी दिँदा सात नं. प्रदेशको इञ्चार्जमा लेखराज भट्ट र संयोजकमा लक्ष्मण जोशीलार्इ चयन गरिएको छ ।

बैठकले अन्तराष्ट्रिय विभागको इञ्चार्जमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई चयन गरिएको छ भने संयोजकको जिम्मेवारी लक्ष्मण पन्तले पाएका छन् ।

संगठन विभागको जिम्मेवारी रामबहादुर थापा बादलले पाएका छन् ।

यता बैठकले माओवादी केन्द्रको  प्रदेशस्तरिय बैठक पुस १० गतेसम्म गर्ने निर्णय गरेको छ । माओवादीले पुस मसान्तभित्र पार्टीका सबै सदस्यहरुलाई सदस्यता नविकरण गरिसक्न समेत निर्देशन दिएको प्रवक्त भुषालले जानकारी दिइन् ।

यसैगरी पुस १५ भित्र जनवर्गिय संगठनका एकीकरण गर्ने, माघ महिनाभित्र वडा, गाउँ र नगरपालिकाको अधिवेशन तथा फागुन मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय माओवादी पोलिटव्यूरो बैठकले गरेको छ ।

माअाेवादी केन्द्रले स्थानीय चुनावलार्इ लक्षित गरी “गाउँ नगर घरघर जाउँ ! माओवादी केन्द्रलाई विजय गराऔँ !!” भन्ने नारा समेत घोषणा गरेको छ ।

Loading...