मेरो श्रीमान जब यौन सम्पर्क गर्नु अघि खुब सक्रिय हुनुहुन्छ, माया पनि बढि गर्नु हुन्छ जब यौनसम्पर्क सकिन साथ उहाँ आफ्नो तालमा सुत्नुहुन्छ जुन बेला मलाई बढि मायाको आबश्यक्ता हुन्छ । उहाँ तनाबमा सम्भोग गर्न खोज्नुहुन्छ तर म भने तनाबमा सम्भोग गर्न सक्दिन । उहाँलाई कुनै मानसिक समस्या भएको त होइन, यसको समाधान के होला ? –सबु

अादर्श प्रधान, मनोपरामर्सदाता

प्रश्नको लागि धन्यबाद । तपाइको श्रीमान जब सम्भोग पाश्चात सुत्नुहुन्छ, यहाँलाई माया गर्नुहुन्न भन्ने कुरा छ यो समस्या प्रायः धेरैनै जोडीमा पाइन्छ । पुरुषले बीर्य स्खलन नगरेसम्म अत्यन्त महिलालाई केयर गर्ने, पुरुष जब बीर्य स्खलन गदर्छ त्यस पनि उसले केही चिज आफूबाट गुमाएको महशुष गर्छ । उ थाक्छ र सुत्छ पनि । हो, यहि कुरामा पुरुष चुकेको हुन्छ । यतिबेला खासमा एकअर्का बीच कुराकानी गर्ने, पत्नीलाई बिशेष केयर गर्ने गर्नु राम्रो हुन्छ । यसले पति पत्नी बिच सम्बन्ध सुमधुर बनाउँछ । यसको लागि यहाँले आफ्नो पतिलाई खुलस्त आफूलाई के गर्दा आनन्द आउँछ र के गर्दा नरमाइलो लाग्छ सबै बताउनुहोस । किनकनी कति कुरा यहाँको पतिले याद नगरेको पनि हुन सक्छ ।

सम्भोग गर्नु अघि पति पत्नीले एक अर्काको मनोविज्ञानलाई बुझेर मात्र गर्नु राम्रो हुन्छ । पुरुषमा
जब तनाव हुन्छ त्यतिबेला सम्भोगमा उत्रन चाहन्छ र ऊ सम्भोग गरी तनाव विर्सजन भएको महशुष गर्छ । महिलामा भने यसको ठिक विपरित हुन्छ । ऊ तनाव, चिन्तामा कहिल्यै सम्भोगमा उत्रन चाहदैन । ऊ खाली हुन होइन पूर्ण हुन सम्भोग गर्न चाहन्छे । यहि कुरालाई तालमेल नहुँदा पति पत्नीमा ठूलो भावनात्मक समस्या भएको हुन्छ । यहाँहरुको पनि यहिकुरामा तालमेल मिलेको छैन ।

यहाँको जानकारी अनुरसार तपाईको पतिले एक तर्फि मात्र सम्भोग गरिरहनु भएको जसले गर्दा तपाई सन्तुष्ट हुनुहुनुभएको छैन । त्यसैले सम्भोग दुबै तर्फी बनाउन यहाँले आफूलाई सन्तुष्टी नपाएको र तनाबमा सम्भोग नर्गन जानकारी दिनुहोला । यहाँको पतिलाई कुनै पनि मानसिक समस्या भएको होइन । तर यदि तपाइहरुको यौन जीवन पूर्ण भएन भने चाँही मानसिक समस्या हुन सक्छ । यस बारेमा यहाँहरु चनाखो हुनु पर्छ ।





Loading...