एभरेष्ट बचतको अनुशिक्षण कार्यक्रम

चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमीटेड, चितवनले आईतबार शेयर सदस्यहरुका लागि एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमीटेड, चितवनको शिक्षा उपसमितिको संयोजकत्वमा खुशी कला बिषयमा अनुशिक्षण कार्यक्रम गरिएको हो ।

जिबन के हो ? जिबनमा कसरी खुशी हुन सकिन्छ ? साथै खुशी हुने कलाका सम्बन्धमा प्रशिक्षण दिईएको संस्थाकी शिक्षा उपसमिति संयोजक अनुशा चुकेले बताउनुभयो । सो कार्यक्रममा मानब सेवा आश्रम हेटौडाका संस्थापक तथा मानब सेवा आश्रम भरतपुरका अध्यक्ष रामजी अधिकारी मुख्य प्रशीक्षकमा रहनुभएको थियो ।

उहाले कार्यक्रममा बोल्दै मानिसले आफुलाई समय दिन नसकेर दुस् खी हुने गरेको बताउनुभयो । कार्यक्रममा मानब सेबा आश्रम चितवनका अभियान्ताहरु रुपा के.सी र आर्दश ढकालले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुभएको थियो । सो एकदिने अनुशिक्षण कार्यक्रममा संस्चाका २ सय भन्दा बढी शेयर सदस्यको सहभागिता रहेको थियो ।

संस्थाकी व्यवस्थापक सरु ढकालले संचालन गर्नुभएको सो कार्यक्रम एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमीटेड, चितवनका उपाध्यक्ष बालगोपाल चुकेको सभापतित्वमा भएको हो ।

Loading...