श्रीमान बिग्रिएको भन्दै पोर्नसाइट बन्द गराउन महिलाले गुहारिन अदालत

काठमाडाैँ । एक भारतीय महिलाले अश्लिल साइटलाई बन्धेज लगाउन माग गर्दै सर्वोच्च अदालत गुहारेका छन् । उनले अश्लिल साइटका कारण आफ्ना श्रीमान बिग्रिएको भन्दै त्यस्ता साइटमाथि प्रतिवन्ध लगाउन माग गरेकी हुन् ।

उनले अश्लिल साइटका कारण आफ्ना श्रीमान अश्लिल कृयाकलापमा फसेका कारण आफ्ना परिवार नै विग्रिएको दाबी गरेकी छन् ।
‘मेरा श्रीमान अश्लिल साइटको लतमा फसेका छन्, उनले आफ्नो अमूल्य समय अश्लिल भिडियो हेर्दै गुमाइरहेका छन्, आजभोली अश्लिल सामाग्रीहरु इन्टरनेटका माध्यमबाट सहज रुपमा उपलब्ध भएका छन्’, उनले अदालतमा दिएको निवेदनमा भनेकी छन्, ‘यही कारणले मेरा श्रीमान यो कुलतको सिकार बन्दै गएका छन्, उनको सोचमा विकृत हुँदै गएको छ यसले मेरो दाम्पत्य जीवन तहसनहस भएको छ ।’  

३२ वर्षे वैवाहिक जीवन विताएकी ती महिलाले आफू जीवनको अत्यन्त कठिन मोड गुजारी रहेको दाबी गरेकी छन् । अश्लिल साइटको प्रभावका कारण आफूमाथि घरेलु हिंशा भइरहेको समेत उनले बताएकी छिन् ।

‘मेरा श्रीमान यो बुढेसकालमा समेत यस्तो लतमा फसेका छन्, तपाईँ कल्पना गर्नुस यो कुलतले देशका युवा तथा बालवालिकाको निर्दोष दिमागमा कस्तो असर पारेको होला’, उनले भनिन्, ‘सबै अश्लिसाइटहरु बन्द गरिनुपर्छ ।’ यसअघि पनि अश्लिल साइटहरु माथि प्रतिवन्ध लगाउन माग गर्दै सर्वोच अदालतका महला कानुन व्यवसायीहरुको समूहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यस्ता साइटहरुले महिला तथा बालबालिका माथि यौन जन्य हिंसा बढाएको दाबी गरिएको छ ।

Loading...