हिन्दु राष्ट्र सँधै मनमा राखौँः पूर्वराजा ज्ञानेन्द्र

चितवन । पूर्व राजा ज्ञानेन्द्रले हिन्दू राष्ट्रको कुरा मनमा राख्नुपर्ने बताउनुभएको छ् । नारायणगढको नारायणी नदी किनारमा आयोजना भइरहेको विराट गोरक्षा महायज्ञको विशेष पूजाआजापछि आइतबार सञ्चारकर्मीको प्रश्नमा पूर्वराजाले हिन्दु राष्ट्रको बारेमा बोल्न भन्दा पनि मनमा राख्नुपर्ने बताउनुभएको हो ।

विशेष पूजापछि सिमरा फर्किने तयारीमा लागेका पूर्वराजा ज्ञानेन्द्रलाई सञ्चारकर्मीले हिन्दु राष्ट्रको बारेमा केही बोल्न आग्रह गर्दा उहाले हिन्दु राष्ट्र मनमा राख्नुपर्ने र बोल्ने विषय नभएको भन्ने संक्षिप्त प्रतिकृया दिनुभएको छ ।  पत्नी कोमल शाहसगै शुक्रबार चितवन आएका पूर्व राजा ज्ञानेन्द्र आइतबार मात्रै सिमरा फर्किएका हुन् ।

कोमल शाहको शनिबार जन्म दिन मनाएर पूर्व राजा ज्ञानेन्द्र आइतबार नारायणी नदी किनारमा वैदिक गाईको पूजा गर्न आउनुभएको थियो  । पूर्व राजा शाहलाई नारायणगढमा भव्य स्वागत सहित अभिनन्दन गरिएको छ । हिन्दू स्वयम् सेवक समूहले आयोजना गरेको महायज्ञमा पूर्व राजाले वैदिक (स्थानीय) जातको गाईको पूजा गर्नुभएको थियो ।

त्यसैगरी, बौद्ध भिक्षुहरुबाट अभिषेक लिएर पूर्व राजा ज्ञानेन्द्र महारुद्राभिषेक समेत गर्नुभएको थियो । गाईको पूजा तथा रुद्राभिषेक पछि महायज्ञ स्थलमा हवन गरि पूर्व राजा चितवनबाट सिमरा प्रस्थान गर्नुभएको हो ।  पूर्व राजाले पूजाआजामा करिब २० मिनेट समय लगाउनुभएको थियो भने उहाले केही बेर महायज्ञमा कथा समेत श्रवण समेत गर्नुभएको थियो ।

महायज्ञ संचालक समितिका संयोजक पदमराज पाण्डेले हिन्दु धर्मको रक्षा र गौ संरक्षणको लागि हिन्दु ओमकार भोलेन्टीर्यस संस्था लागि परेको जानकारी पत्र   पुर्व राजा सामु  बुझाउनु भएको थियो ।  महायज्ञमा राखिएको बैद्धिक गाईको पुजामा सरिक हुनुभएक पुर्व राजाले महायज्ञमा भईरहेको बज्राचार्य , लामा र ब्राम्हण जातिको हवनमा सरिक भई सवै हवन कुण्डमा चरु हवन गर्नु भएको थियो ।

फागुन १३ गते महाशिवरात्री सम्म संचालन हुने महायज्ञमा ऊ कार परिवारका लामा , बज्राचार्य र ब्राम्हणहरुले हवन, सतचण्डी, गौकथा वाचन गरि रहेका छन् । यस्तै महायज्ञ परिसरमा हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो ।

Loading...