दुई दिने रोवोर्टिक कार्यशाला सम्पन्न

काठमाडौँ । अटोमेसन रिसर्च सेन्टरको आयोजनामा दुई दिने रोबोर्टिक कार्यशाला सम्पन्न भएको छ । सोमबार र मंगलबार समता शिक्षा निकेतन ललितपुरमा भएको कार्यशालामा विद्यालयको पाठ्यपुस्तकमा समाहित सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो ।

कार्यशालामा अहिलेका प्रविधिको बारेमा प्रयोगात्मक ढंगले प्रस्तुत गरिएको थियो । कार्यशाला तीन सत्रमा विभाजन गरिएको थियो । पहिलो सिक, दोस्रो बनाउन र तेस्रो नयाँ बनाउन शिर्षकमा कार्यक्रम भएको थियो ।
कार्यशालामा ८ र ९ कक्षामा अध्ययनरत ३० विद्यार्थीको सहभागिता रहेको थियो ।

Loading...