ह्वाइट हाउसले ब्रिटिस प्रधानमन्त्रीलार्इ बनायो पोर्नस्टार

काठमाडौँ । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले ब्रिटिस प्रधानमन्त्री थेरेसा मे लार्इ पोर्नस्टारको रूपमा नाम दिएको छ । प्रधानमन्त्री ‘थेरेसा मे’को सट्टामा उनको नाम ‘टेरेसा मे’ भनिएको छ । जुन नाम पोर्न स्टारको हो ।

चर्चित पोर्न स्टारको नामसँग मिल्नेगरी ब्रिटिस प्रधानमन्त्रीको नाम लिइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका स्टाफले थेरेसाको सट्टा टेरेसा भन्दै भने । त्यो पनि तीन पटक सम्म । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका एक कर्मचारीले शुक्रबार वार्ताको क्रममा दिएको वयानलार्इ लिपीबद्ध गर्दा टेरेसा भन्दै लेखेका छन् । उनको नामकोबीचबाट एच अक्षर लेख्न भुले । जसले उनको नाम चर्चित पोर्नस्टारको रूपमा सामाजिक सञ्जालमा भाइरल भयो ।

ट्रम्पको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ राष्ट्रपति ट्रम्पले ब्रिटिस प्रधानमन्त्री ‘टेरेसा मे’सँग द्वीपक्षीय वार्ता गर्नु भएको छ । जहाँ उनको नाम गलत लेखिएको हो ।

त्यतिमात्र नभएर अमेरिकी उप राष्ट्रपति कार्यालयले जारी गरेको प्रेसनोटमा पनि यही लेखिएको छ । कार्यक्रममा लेखिएको छ ब्रिटिस प्रधानमन्त्री टेरेसा मेसँगको लञ्चको क्रममा थप चर्चा हुने छ ।

‘टेरेसा मे’ एक पूर्व मोडल तथा पोर्नस्टार
ट्रम्पको कार्यालयले उनको नाम सुधार्ने क्रममा फेरी पनि सोही नाम लेखेको छ । ब्रिटिस प्रधानमन्त्रीको नाम गलत उच्चार हुँदा पोर्नस्टार टेरेसाको नाम चर्चामा अाउने गरेको छ । जब थेरेसा मे चुनावी दौरानमा थिइन् । त्यतिवेलासमेत टेरेसाको नाम ट्रेन्डमा अाएको थियो । यसैबीच टेरेसा मेले अाँफू प्रधानमन्त्री नभएको भन्दै मानिसहरूले अाँफूलार्इ प्रधानमन्त्रीको रूपमा सम्बोधन गरिरहेको बताएकी छन् ।

 

Loading...