अण्डा खोष्टाउने प्रतियोगिता

चितवन । कुखुराको राजधानीको रुपमा चिनिएको चितवनमा अण्डालाई प्रवद्र्धन गर्न मंगलबार अण्डा खोस्टाउने प्रतियोगिता गरिएको छ ।

नेपाल अण्डा उत्पादक संघ, बाल मावि अल्मुनाई एशोसियसनको सहयोगमा लियो क्लव अफ नारायणगढ र लायन्स क्लव अफ नारायणगढको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । बालकुमारी उच्च मावि नारायणगढमा आयोजित सो कार्यक्रममा विद्यालयका ६ देखि ९ कक्षा सम्मका १२ जना विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा २ मिनेटको समयमा ७ वटा अण्डा खोस्टाउँदै कक्षा ७ की एलिना परियार र कक्षा ८ का प्रकाश पौडेल प्रथम, ६ वटा अण्डा खोस्टाउँदै कक्षा ६ का नविन जैसी र कक्षा ७ की मनिषा शाह द्धितिय र ५ वटा अण्डा खोस्टाउँदै कक्षा ८ का गुड्डु गुप्ता र कुन्दन साह तृतीय भए ।

बिजेताहरुलाई लायन्स क्लव अफ नारायणगढका अध्यक्ष उमेश पिया, लियो क्लव अफ नारायणगढका अध्यक्ष राजु चौधरी र बालकुमारी उच्च माविका प्रधानाध्यापक नारायणबहादुर थापाले पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा लियो क्लव अफ नाराणगढका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र पौडेल, विद्यालयका शिक्षक नारायण ढकाल, क्लवका सदस्यहरुलगायतको उल्लेखीय सहभागिता रहेको थियो ।

Loading...