आइपीएम खेती तथा फोहोर व्यवस्थापन कार्यक्रम

चितवन । लियो क्लब अफ भरतपुर चौतारी र लायन्स क्लब अफ भरतपुर चौतारीले संयुक्त रुपमा बिहीबार आई पि एम कौसी खेती एवम फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ । कृषि सम्बन्धि समस्याहरु र यसको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा सप्ताहव्यापी कार्यक्रमहरु संचालन गरेको सो संस्थाले चौतारी कृषि सप्ताह कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला कृषि बिकास कार्यलय चितवनका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले चितवनको कृषि बालिमा देखीएको किरा र रोगको प्रकोप तथा त्यसका समाधानका उपायहरुका बारेमा आफ्नो प्रस्तुती राख्नुभएको थियो । कौसी खेती र यस संग सम्बन्धित बिषयमा कृषि तथा बन बिज्ञान बिश्व बिद्यालयका योजना निर्देशक डाक्टर अर्जुन कुमार श्रेष्ठ्रले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

उहाले कौसी खेतीको महत्व यसका फाईदा र गर्ने तरिकाको बारेमा बताउनुभएको थियो । घरमै आफैले उत्पादन गरेर उपभोग गर्न सकिने उहाले बताउनुभयो । कार्यक्रमकी प्रमुख अतिथी समेत रहनुभएकी कृषि तथा बन बिज्ञान बिश्व बिद्यालयकी सहायक प्राध्यापक डाक्टर कल्याणी मिश्रले घरमा खेर जाने फोहरमैला व्यवस्थापन गरेर अर्गानिक मल उत्पादन गरि कौसी खेतीमा प्रयोग गर्न सकिने बताउनुभयो ।

जसले बातावरण पनि सफा र स्वच्छ हुने उल्लेख गर्दे घर सफा पनि हुने र घरको लागि चाहिने तरकारी पनि उत्पादन गर्न सकिने हुनाले यसतर्फ सबैले ध्यान दिन जरुरी रहेको समेत बताउनुभयो साथै उहाले फोहोर मैला व्यवस्थापन सम्बन्धि प्रतिबेदन पनि कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।

व्यवसायीक मत्स्य पालन प्रशीक्षण, थुनेलो रोग जनचेतनाजस्ता कार्यक्रमहरु सम्पन्न गरेको र सप्ताहव्यापी कार्यक्रम अन्र्तगत युरिया मोसासेस ब्लक तालिम र माटो परिक्षण शिवीर कार्यक्रम गर्ने कार्यक्रम संयोजक लियो दिक्षीत पौडेलले जानकारी दिनुभयो । भरतपुर १० का स्थानिय महिला तथा कृषि तथा बन बिज्ञान बिश्व बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रम कार्यक्रम संयोजक लियो दिक्षीत पौडेलको सभापत्तिवमा भएको हो ।

Loading...