बडिमालिकामा रोपवे सञ्चालन

बाजुरा । जिल्लाको बडिमालिकामा पहिलो पटक ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । बडिमालिका नगरपालिका ५ र ६ का बासिन्दाले लगाएको खाद्यान्न वाली अोसारपसारका लागि रोपवे सञ्चालन गरिएको हो ।

रोपवे सञ्चालन उपभोक्ता समितिका अध्यक्ष प्रेम साउदका अनुसार जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वय र प्राक्टिकल एक्सन मानव संसाधन केन्द्र बाजुराअन्तर्गत विकास परियोजनाको आर्थिक सहयोगमा रोपवे निर्माण गरिएको हो ।

बडिमालिका–६ मना र रिलाका दुई सय चार घरधुरीका परिवार यसबाट लाभान्वित भएको बताइएको छ । उपभोक्ता समितिको करिब रु सात लाख ९१ हजारको जनश्रमदान र मानव संसाधन केन्द्र विकास परियोजनाको रु १८ लाख ६५ हजारबाट रोपवे बनाइएको हो ।

Loading...