नेपाली व्यवसायीलार्इ सम्मान गर्ने सामाजिक सञ्जाल रेस्पेक्ट अाउँदै

काठमाडौँ । नेपाली युवाहरुले विकास गरेको समाजिक सञ्जाल मोबइल एप ‘रेस्पेक्ट’ निर्माण गरेका छन् । सामाजिक सञ्जाल निर्माण गरी सार्वजनिक गर्ने तयारी रहेका छन् । एन्ड्रोइड र अाइअाेएस भर्सनमा तयार भइरहेको उक्त एपले व्यवसायीक प्रयोगकर्ताहरूलार्इ एकापसमा जोड्ने बताइएको छ ।

यसमा ब्यवसायीले आफ्ना उत्पादनहरुको ब्यवसायिक प्रवर्द्धन गर्नेछन् भने प्रयोगकर्ताले यसबापत प्रवर्द्धन भएका उत्पादनहरुमा विशेष छुट तथा अफरहरु प्राप्त गर्नेछन् । त्यतिमात्र होइन् यस एपमा जोडिने व्यवसायीले सुरूदेखि नै सामाजिक उद्तरदाइत्व बहन गर्ने छन् ।

यसले ब्यवसायीहरुलाई आफ्नो सेवा तथा उत्पादनको प्रचारमा सघाउन पुर्‍याउने छ भने प्रयोगकर्ताले पनि यसको प्रयोगबाट लाभ उठाउन सक्नेछन् ।

सुरुवातमै यो एप नेपाली, अंग्रेजी र जापानी भाषमा आउनेछ भने विस्तारै अन्य भाषामा पनि यसलाई विस्तार गर्ने योजना छ । यसमा गैरनाफामूलक संस्थाले पनि आफ्ना काम र गतिबिधिको सशुल्क र निःशुलक प्रचारको अवसर प्राप्त गर्नेछन् । यसबाट विभिन्न समाजिक सञ्जालसाग पनि सम्बन्ध स्थापित गर्न सकिन्छ ।

यसले अहिले समाजिक सञ्जालमा घण्टौं बिताउँदा पनि प्रयोगकर्ताले केही नपाउने वातावरणको अन्त्य गर्दै उनीहरुलाई समेत केही लाभ दिने जनाएको छ ।

 

Loading...