फेसवुकबाटै यौन धन्दा

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकबाटै यौन व्यवसाय सञ्चालन गरेका एक व्यक्तिलार्इ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले फेसवुकमा पेज खोलेर यौन धन्दा चलाइरहेका सुरज बस्नेतलार्इ पक्राउ गरेका हो ।

विगत एक साता देखि मैतिदेवीकी एक युवतीलार्इ एउटा अपरिचित नंम्बरबाट लगातार फोन आउन थाल्यो । प्रया नेपाल बाहिरबाट आउने फोनमा यौन प्रस्ताव मात्रै राख्थ्यो । केहीलाई त आफू त्यस्तो युवती नभएको जावफ दिइन ।

तर, तारन्तार फोन आउन थालेपछि विवाहको तयारीमा रहेकी शर्मिला प्रहरी कहाँ पुगिन् । अपराध महाशाखामा उनले आफुलाई फोन गर्नेहरु विवरण टिपाइन् । उनकै उजरीका आधारमा फोन गरेर यौन धन्दाको लागि प्रस्ताव गर्ने मध्य एक सागर धिताल भएको खुलेको छ ।

महाशाखाकाका डीएसपी पशुपती रायका अनुसार धितालले शर्मिलालाई फोन गरेर कति लाग्छ तिर्न तयार छु भन्दै शारीरिक सम्वन्धका लागि प्रस्ताव गर्ने गरेका थिए । त्यसैको अाधारमा प्रहरीले धिताललार्इ पक्राउ गर्यो ।

धितालले आफूले पीडित युवतीको नम्बर एक अश्लिल नाममा खोलिएको फेसबुक पेजमा पाएको बताएपछि प्रहरीले बस्नेतलार्इ पक्राउ गरेको हो । बस्नेतले फेसवुकमा पेज खोलेर यौन धन्दा चलाइरहेका थिए ।

बस्नेतले खोलेको अश्लिल नामको एक फेसबुक पेजमा यौन सम्पर्कका लागि भन्दै युवतीहरुको फोन नम्बर राखेका थिए । उनले बनाएको फेसबुक पेजमा २३ जना युवती नम्बर भेटिएको छ, जसमा केही यौन व्यवसायी हुनसक्ने आशंका छ ।

पक्राउ परेका वस्नेत २ वर्ष अमेरिका बसेर फर्किएका हुन् । उनले अमेरिकामा पनि यस्तै काम गरेकोले नेपालमा पनि यही धन्दा चलाएको बयान दिएका छन् । उनले अश्लिल फेसबुक पेजमा युवतीहरुको सम्पर्क नम्बरदेखि नाम र ठेगाना समेर राखेर यौन व्यवसाय नै चलाउने हुनसक्ने आशंका अनुसन्धानमा खटएको प्रहरी अधिकारीको छ ।

Loading...