शक्तिखोर शिविरमा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णयलाई चितवनबासीको स्वागत

चितवन । सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णयको चितवनका व्यवसायीहरुले स्वागत गरेका छन् । माओवादी सेनाका लडाकुका पूर्वसुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

चितवनबासीले माओवादी शिविर रहेको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापनाको माग गर्दै चितवन उद्योग संघले पटक÷पटक सरकारसंग माग गरेको थियो । चितवनबासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चितवन उद्योग संघको विशेष टोली प्रधानमन्त्रीलाई बधाई दिन बालुवाटार नै पुगेको थियो । त्यतीबेला संघले शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउन सकिने र यसको सम्भावना निकै बढि रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

चितवनका उद्योगीरव्यवसायीहरुले पटक÷पटक सरकारसंग यही माग राख्दा अन्तत सम्बन्धित मन्त्रालय र स्वंम प्रधानमन्त्री सकरात्मक बन्दा मन्त्रीपरिषद् बैठकले नै निर्णय गर्न सफल रह्यो । सरकारको यो निर्णयले चितवनका उद्योगीहरुलाई थप हौसला मिलेको चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले बताउनुभयो ।

चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने प्रस्ताव उद्योग मन्त्री नविन्द्रराज जोशीले मन्त्रीपरिषद् बैठकमा लग्नुभएको थियो । यसले निर्णयले चितवनको विकासमा थप टेवा पुग्ने नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताउनुभयो । सरकारको यो निर्णयप्रति उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले पनि खुशीयाली प्रकट गर्नुभयो ।

उहाँले विक्री वितरण भन्दा उत्पादनमा जोड दिने बेला आएको भन्दै यसले चितवनको विकासमा धेरै मद्धत पुग्ने बताउनुभयो ।उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विशुरालले दश वर्षदेखि नै रत्ननगर उवासंघले उठाएको यस मागलाई सरकारले निर्णय गरेको भन्दै खुशी प्रकट गर्नुभयो ।  

उहाँले निजी क्षेत्रका लागि मात्रै नभई उद्योग व्यवसायमा यसले ठुलो सहयोग र्पुयाउने बताउनुभयो । उहाँले मूख्य गरि उद्योग व्यवसाय चलाउन जग्गामा नै धेरै लगानी गर्नुपर्ने चितवनका उद्योगीहरुको बाध्यता अब हट्ने भएकाले उद्योग व्यवसाय गर्न सहज हुने बताउनुभयो ।

उहाँले उद्योग चलाउन चालु पुँजी मात्रै भए पनि पुग्नेले भएकाले सबै खुशी भएको बताउनुभयो ।सरकारले औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको क्षेत्र करिव २ हजार ५ सय बिघा क्षेत्रफलमा रहेको छ ।

विगतमा माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको हाल सो क्षेत्रमा हाल नेपाली सेनाको सिंहनाथ गण रहेको छ । पहाडी गाविससंग जोडिएको शक्तिखोर हाल कालिका नगरपालिका बनेको छ । यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण भयो भने यहाँको विकासमा अतुलनीय योगदान पुग्ने छ ।

Loading...