मृगौला दिवसः मृगौला रोगबाट बच्ने कसरी

- डा. हेमराज कोइराला

मृगौलासँग सम्बन्धित रोगहरूको बारेमा जनचेतना जगाउने तथा मृगौला रोगहरूलाई छुटै प्राथमिकताका साथ सम्बोधन गर्ने अभिप्रायले विश्व मृगौला दिवशको सुरुवात गरीएको हो । अन्तर्राष्ट्रिय मृगौला रोग समाज (International Society of Kidney diseases) तथा अन्तर्राष्ट्रिय मृगौला रोग विशेषश समाज (International Society of Nephrologists) हरूको तत्वावधानमा २००६ देखि यो दिव हरेक वर्ष मार्च महिनाको दोश्रो विहीबार मनाइदै आइएको छ । “मृगौलाधातलाई रौकौ” भन्ने मन्त्रका साथ मनायीने यसपालीको मृगौला दिवश आज २०१३ मार्च १४ तदनुसार चैत्र एक २०६९ का दिन विश्व भरीनै विभिन्न कार्यक्रमका साथ मनाइदैछ । यसै सिलशिलामा मृगलौ रोगहरूका कारण हुने मृगौला निष्क्रियता (Kidney Failure) लाई रोक्न विशेष जागरुकता ल्याउने उदेश्यका साथ विभिन्न कार्यक्रमहरू पनि हुँदैछन् ।

    मृगौला हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण तर उपेक्षित अंग हो । धेरैलाई मृगौलाहरूले के काम गर्छ भन्ने बारेमा धाहा नहुन सक्छ । यसै सन्दर्भमा म मृगौला सम्बन्धी केही तथ्यहरू र यसको हेरचाह सम्बन्धि केही सामाग्री पस्कन चाहन्छु । मृगौला हाम्रो कम्मरको हड्डीको माथिल्लो भागको आसपास अवस्थित, सिमीको बिजका आकारका एक जोडी अंग हुन् । महिलाहरूमा यसको तौला १३५ ग्राम हुन्छ भने पुरुषहरूमा यस्को तौल १५० ग्राम जती हुन्छ । मृगौलाको मुख्य कार्य रगतमा भएका विषात पदार्थहरूलाई छानेर पिसावको रूपमा शरीरबाट विर्षर्जीत गर्ने भएता पनि यो अंग अनेकौ महत्वपूर्ण शरीर क्रियासंग जोडीएको छ । रक्तचाप नियन्त्रण गर्ने इलेक्ट्रोलाईट (नुन) तथा महत्पूर्ण रसायनका सन्तुलन बनाउने, हारमोनहरूको उत्पादन, भिटामीन डी को संश्लेषण, अम्ल तथा क्षरको सन्तुलन शरीरमा पानीको मात्रा नियन्त्रण राता रक्तकोषहरूको निर्माण सम्लग्न एरिध्रोपाईटिन भन्ने हारमोनको संश्लेषण जस्ता महत्वपूर्ण कार्यमा मृगौला संम्लग्न रहन्छ ।

मृगौला रोगः
    मृगौलाका रोगहरूलाई जन्माजात  र भैपरिआउने रोग गरेर दुई समूहमा बाडीएको छ । जन्मजात रोगहरूमा जन्मजात हाइड्रो–नेफ्रोसिस, मुत्रबाहक नलीहरूको अवरोध,  घोडाको टाप जस्तो मृगौला, मृगौलामा पानीको फोकाहरू बन्नेरोग, रेनल डिस्पासीया मृगौलै नवनेको स्थिति, वा एकापट्टीको मात्र बनेको स्थिति पर्दछन् । यसै गरी भैपरी आउने मृगौला रोगहरूमा उच्च रक्तचाप तथा मधुमेहको कारणले हुने मृगौलारोग, रगत छान्ने ग्लोमेरुलसहरूको इन्फ्लामेसन, हाइड्रोनेपफ्रोसिस, नेफ्राईटिस, नेफ्राटिक सिन्ड्रोम र मृगौलाको निष्क्रियता (Renal Failure) जस्ता रोगहरू पर्दछन् । यी सबै रोगहरूले विस्तारै च्याप्दै गएमा मृगौला निस्कृय (Renal Failure) हुन जान्छ ।

 निष्कृय मृगौला (रेनल फेलिएर)
    रगतमा भएका विषात पदार्थहरूलाई मृगौलाले राम्रोसँग छान्न नसकेको अवस्थालाई निष्कृय मृगौला (रेनल फेलीएर) भनिन्छ । रेनल फेलिएर तिब्र मृगौला रोग र ध मृगौला रोग दुवैको कारणले हुन सक्छ । तिव्र मृगौला रोगबाट हुने रेनल फेलीएर, शरिरमा चोटपटक लागेर धेरै रगत बग्न गएको अवस्थामा, मृगौलाहरुमा रक्तसंचार एका एक कम भएको अवस्थामा, मृगौलाहरुको इन्फिेक्सन भएको अवस्थामा, पिसाव रेकिएमा, वा विषाक्त पदार्थहरु वा मृगौलालाई हानी गर्ने औषधीहरुको सेवन गर्दा वा गर्भवतीहरुको विशेष रोगावस्था जस्तै इक्लेम्पसिया, प्रि इक्लेम्पसिया वा एचईएलएलपि (HEALLP) सिन्ड्रोम आदिमा देखा पर्दछ । यो अवस्थामा वेलैमा उपचार गर्न सके रोग निको हुन सक्छ ।

दिर्घ रोगबाट हुने रेनल फेलिएरको मुख्य कारण उच्च रक्तचाप र मधुमेह हो यसका अलवा एच आईभि संक्रमण विषाक्त तथा दुखाई कम गर्ने औषधि हरुको सेवन मृगौलालाई रगात आपुर्ति गर्ने नसाहरु साघुँरिनु र अटो इम्यिून रोगहरु आदी पर्न जान्छन् ।

मृगौला फेलका लक्षणहरुः
– मृगौला फेलका लक्षणहरु व्यक्ति व्यक्ति पिच्छे फरक पर्न सक्छन तथापि मृगौला फेल भएमा सामान्यतया हात खुट्टा र अनुहार सुनिनु, पिसावको मात्रा घट्नु, उल्टि हुनु, टाउको दुख्नु भोक नलाग्नु, वाक वाक लाग्नु, मुख सुक्नु, पिसावमा रगत देखा पर्नु, तउल घट्नु, जियु चिलाउनु, कम्मर दुख्नु हड्ीहरु कमजोर भई भाचिनु, हात गोडा बाउडिनु र मुटु धड्कन असामन्य हुने जस्ता लक्षण देखा पर्छन ।

मृगौला फेल भएको कसरी थाहा हुन्छः
– मृगौलाको स्वास्थ्य स्थिति ठिक छ कि छैन भनेर जान्न मृगौला बिषेशज्ञकहा गएर स्वास्थ्य परिक्षण गराउनु पर्ने हुन्छ । सामान्यतया यदि पिसाबमा रगत, प्रोटिन तथा पस सेल देखा पर्न गएमा, रगतमा युरिया र क्रियटिनिनको मात्रा सामान्य भन्दा धेरै देखिएमा, हेमोग्लोविन कम भएमा, रगतमा क्यल्सियम, पोटासियम र फसफोरसको मात्रा गडवड भएमा वा अल्ट्रासाउण्ड गरेर मृगौलाको स्वास्थ्य अवस्था थाहा पाउन सकिन्छ ।

उपचारः–
 मृगौलाका रोगहरुको निदान र उपचार जति चाडो भयो त्यति नै सस्तो राम्रो र सरल हुन पुग्छ भने जति ढिलो भयो त्यति नै महङ्गो कष्टकारक र असाध्य हुन पुग्छ । तिव्र तथा दिर्घ मृगौला रोग भएकाहरुले चिकित्सकको परामर्श लिएर आवश्यक उपचार गनु पर्ने हुन्छ । मृगौला फेल भएकाहरुका लागी रोगगको अवस्था अनुसार खान पानमा पहरेज गर्ने, जिवन शैली परिवर्तन गर्ने, नियमित औषधी खाने, डाएलाइसिस गर्ने वा मृगौला नै फेर्ने जस्ता चिकित्सकिय विकल्पहरु छन् ।

साबधानीहरुः
– उच्च रक्तचाप भएकाहरुले रक्तचाप नियन्त्रणमा विशेष ध्यान दिउ । रक्तचाप नियन्त्रण भएमा मृगौला फेल हुने ठुलो सम्भावना टर्न सक्छ ।
– तिव्र मृगौला रोग लागेको अवस्थामा यथा सम्भव चाडो भन्दा चाडो उपयुक्त उपचार गर्न विलम्व नगरौ ।
– मधुमेह भएकाहरुले रगतमा ग्लुकोजको मात्रालाई बड्न नदिउ ।
– मृगौलालाई साइड इफेक्ट गर्ने औषधिहरुको सेवन गर्नु पर्दा चिकित्सकको परामर्शमा आवश्यक सावधानीका साथ मात्र गरौं । दुखाई कम गर्ने जस्ता औषधी आफु खुशी खाने नगरौं ।
– मृगौला रोग भएकाहरुले भोजन तथा पोषण बिशेषज्ञहरुको सल्लाह अनुसार उहाँहरुले लेखिदिएको खाने कुरा मात्र खाउँ । खानामा कार्बोहाईड्रड र प्रोटिनको मात्रा कम होस । रेशा र चोकर युक्त किटोजेनिक डाइट मृगौला रोगमा राम्रो मानिन्छ । खानामा नुन र चिल्लोको मात्रा पनि कम होस ।
– नियमित स्वास्थ्य परिक्षण गर्ने बानि बसालौं यसो गर्दा सम्भावित खतराहरुलाई पहिले नै ठम्याउन सकिन्छ ।
– धुम्रपान, मध्यपान, नसालु पदार्थहरुको कुलतबाट बचौं ।
– नियमित व्यायम गरौं र शरिरको तौललाई आफ्नो कद अनुसार नियन्त्रणमा राखौं ।
hemraj.koirala@gmail.com

Loading...