एकल कवितामा गुञ्जिय विनोदी

चितवन । साहित्य सृजनामा जीवन बिताएका गोविन्दराज विनोदीको शनिबार एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कवि विनोदीका छन्दका कविता सुन्न साहित्यप्रेमीहरु टिकट काटेर कार्यक्रममा पुगेका हुन् ।

चितवन साहित्य परिषदको २८ औं स्थापना दिवसको अवसरमा आयोजित शब्दहरुका माझ कवि गोन्दिराज विनोदी कार्यक्रममा कवि विनोदीले छन्दका कविता सुनाउंदा स्रोताहरु मन्त्रमुग्ध भएकाथिए । छन्दोवद्ध कवितालाई आफ्नो धारका रुपमा अघि बढाएका कवि विनोदीले दुई दर्जन कविता सुनाए ।

कार्यक्रममा सहभागिहरुले समेत कवि विनोदीका रचना वाचन गरी उनलाई सम्मान प्रकट गरेकाछन् । छन्दका कविता हराउंदै गएको अवस्थामा कवि विनोदी शशक्त उदाहरणका रुपमा रहेको उनीहरुले बताए । कार्यक्रममा साहित्यकार गायत्री श्रेष्ठले कवि विनोदीको बहुआयामिक जीवनबारे प्रकाश पारेकी थिइन् ।

अध्यापन पेशामा संलग्न कवि विनोदी जस्तोसुकै परिस्थितीमा पनि कविता रच्न सक्ने आशुकवि का रुपमा परिचित रहेको उनले बताइन् । उनले पत्रकारिता र साहित्यलाई संगसंगै बढाउन सफल हुनु नै प्रतिभाशाली व्यक्तित्वको पहिचान भएको श्रेष्ठले बताइन् ।

चितवन साहित्य परिषदका संस्थापक प्रेमविनोद नन्दन प्रमुख अतिथि रहेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर अमर गिरी, चितवन साहित्य संगमका अध्यक्ष द्धारिका नेपालले शुभकामना मन्तव्य राखेकाथिए । यसबीच चितवन साहित्य परिषदको मुखपत्र वागिश्वरीको २४ औं अंकको शनिबारै लोकार्पण गरीएको छ ।

पुस्तकबारे सम्पादक केदारनाथ खनालले जानकारी गराएकाछन् ।२७ जना साहित्यकारको संलग्नतामा सुरु भएको चितवन साहित्य परिषदले  २८ औं स्थापना दिवस मनाइरहंदा परिषदको भवन उद्घाटन गर्ने तयारी भएपनि भवन निर्माण समितिका अध्यक्ष श्रीभक्त अच्यूत वाग्लेको स्वास्थ्य समस्याका कारण कार्यक्रम पछि सारिएको सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।

Loading...