शरदको चार विकेट र छक्कासँग केन्या सात विकेटले पराजित

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले केन्यालार्इ सात विकेटले पराजित गरेको छ । शरद भेशवाकरको चार विकट र अन्तिम छक्कासँगै नेपालले केन्यालार्इ पराजित गरेको हो । १५६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ३०.२ अोभरमै जित हासिल गर्यो । पछिल्लो दुर्इ वलमा चाैका र छक्कासँगै नेपालले १६० रन बनायो ।

पहिलो खेलमा नेपाललार्इ पाँच विकेटले पराजित गरेको केन्या दोस्रो खेलमा १५५ रनमै समेटिएको छ । शरद भेषवाकरको चार विकेटको मदतमा नेपालले केन्यालार्इ ४६.१ अोभरमा १५५ रनमा अल अाउट गरिदियो ।

नेपालका लागि शरदले सात अोभर वल फाल्दै चार विकेट लिए ।त्यस्तै मेहवुब अालमले ७ अोभरमा पाँच मेडन फाल्दै ११ रन दिए २ विकेट लिए । बसन्त रेग्मीले ८ अोभरमा दुर्इ विकेट लिए । त्यस्तै सागर रेग्मी र सन्दिप लामिछानेले एक एक विकेट लिए ।

केन्याका लागि सीअो अोवुयाले ४८ रन र करिमले ३८ रन जोडेका थिए । अब नेपालले जितका लागि ५० अोभरमा १५६ रन बनाउनुपर्ने छ ।

व्याटिङ तर्फ नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६४ रन र दीपेन्द्र एेरीले ६६ वल खेल्दै ६२ रन बनाए । उनको यो नेपाली राष्ट्रिय टिमका लागि पहिलो अर्धसतक हो ।

नेपालका लागि सरदले २४ रन बनाउँदा सुरूवाती व्याट्सम्यान सुनिल धमला एक रनमै अाउट भएका थिए भने सागर पुन पाँच रन बनाउँदै अाउट भएका थिए ।

Loading...