बैठकमा पाएको भत्ता गरिब विरामीलाई

चितवन ।  विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको संचालक समितिको सदस्य दिनेश कोईरालाले आफुले पाएको भत्ता गरिब विरामीलाई सहयोग गरेका छन । कोईरालाले संचालक समितिको  बैठकबाट पाएको  भत्ता गरिब विरामीलाई सहयोग गरेका हुन । समितिको सदस्यमा नियुक्त भए लगत्तै अस्पतालको सुधारमा सक्रिय रहदै आएका छन ।

गरिब दुखी विरामीहरुलाई दान गर्ने सामाजिक भावका साथ सहयोग गरेको उनले बताए । कोईरालाले अहिले सम्म पाएको बैठक भत्ता रकम लामो समय देखी स्तन क्यान्सर बाट पीडित  कालिकोटकी ३० बर्षिय बिष्णुमाया रानालाई सहयोग गरेका हुन ।  सेवा नै धर्म हो भन्ने मुल मर्म बाट प्रेरित दिनेश कोईराला नेपाल जेसीज का पुर्व रास्ट्रीय अध्यक्ष समेत हुनुहुन्छ ।

Loading...