माध्यामिक शिक्षा परीक्षामा चितवनबाट १२ हजार २३३ विद्यार्थी सहभागि हुने

चितवन । भोलीबाट शुरुहुने माध्यामिक शिक्षा परिक्षा (एसईई)को सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यलय चितवनले जनाएको छ । कार्यलयले आज भरतपुरमा पत्रकार सम्मेलनगरी परिक्षाको तयारीबारे जानकारी दिएको छ ।

(एसईई) परिक्षामा चितवनबाट १२ हजार २ सय ३३ जना विद्यार्थीहरु सहभाग िह्ुने जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले जानकारी दिए । नियमित तर्फ ६ हजार १ सय ९ छात्रा सहित ११ हजार ८ सय २८ विद्यार्थी सहभागि हुँदैछन् । ९४ वटा सामुदायिक विद्यालय र १ सय २० वटा संस्थागत विद्यालय, १ खुल्ला विद्यालय, १ प्राविधिक विद्यालय सहित २ सय १६ वटा विद्यालयका विद्यार्थीले परिक्षा दिदै छन् ।

यस्तै एक्जाम्टेड तर्फ १ सय ३७ छात्रा सहित २ सय ४ जना विद्यार्थी परिक्षामा सामेल हुँदैछन् । ग्रेड वृद्धिका लागि परिक्षामा सामेल हुने २ सय १ जना मध्ये १ सय १६ जना छात्रा छन् । निर्धारण भएका परिक्षा केन्द्रमध्ये सबै भन्दा कम विद्यार्थी त्रिवेणी बराह मावि मुग्लीनमा १ सय ९४ विद्यार्थी परिक्षामा सामेल हुँदैछन् । सबैभन्दा बढी विद्यार्थी भण्डारा माविको परिक्षा केन्द्रमा ४ सय ६६ विद्यार्थी सामेल हुँदैछन् ।

जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले परिक्षाका लागि ३९ केन्द्र निर्धारण गरिएको बताए । तोकिएको ३९ केन्द्रमध्ये जम्मा ४ केन्द्रमात्रै संस्थागत विद्यालयमा राखिएको छ । उनले परिक्षाको सबै तयारी पुरा भएको बताए । परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । ६ जना दृष्टिविहिन विद्यार्र्थि सामेल हुँदै माध्यामिक शिक्षा परिक्षा (एसईई) मा लेखन सहयोगी माग गर्ने ६ जना दृष्टिविहिन विद्यार्थी समेत परिक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । नारायणी माविका ३, झुवानी माविका ३ जना दृष्टिविहिन विद्यार्थी रहेका छन् ।

यस्तै नेपाल मावि टाँडीबाट ३२ जनाले थप विषय प्राविधिक तर्फको परिक्षा दिदै छन् । यस्तै खुल्ला विद्यालयका रुपमा चितवन माविबाट ३८ जनाले परिक्षा दिदै छन् ।

Loading...