विश्व उपभोक्ता अधिकार दिवसमा प्रभातफेरी

चितवन । उपभोक्ता हित संरक्षणमा लगाऔ ध्यान , संरक्षण गरौ सम्पति, जिउ र ज्यान भन्ने नाराका साथ यस वर्षको  विश्व उपभोक्ता अधिकार दिवस चितवनमा पनि प्रभात फेरी सहित अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बाणिज्य मन्त्रालयको निर्देशन अनुसार नेपालभरका सवै जिल्लामा उपभोक्ताको हित र अधिकारको रक्षाको लागि सचेतना गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएके हो । नारायणगढको पुल्चोकबाट विहान ७ वजेर ३० मिनेटमा र्याली शुरु गरि लायन्सचोक, चौविसकोठी, हुदै जिविस हलमा पुगेको र्याली जिल्ला समन्वय समितिको हलमा पुगी अन्र्तक्रियामा परिणत भएको थियो ।

कार्यक्रममा स्थानिय विकास अधिकारी कृष्ण सुवेदीले स्वागत गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्ले ब्यानर पठेर उद्धधाटन गर्नू भएको कार्यक्रममा उपस्थित महानुभावहरुले विभिन्न गुनासो र जिज्ञासा राख्नु भएको थियो ।

सर्वसाधारणको गुनासोलाई प्रमुख जिल्ला अधिकारी भटट्ले जवाफ दिनुका साथै सम्वन्धीत क्षेत्रलाई कार्यान्वयनको लागि निर्दशन गर्ने जानकारी दिनु भयो ।कार्यक्रममा जिल्लाका उपभोक्ता अधिकारका संस्थाहरु उपभोक्ता अधिकार संरक्षण मंच, उपभोक्ता हित संरक्षण मंत र उपभोक्ता मंच नेपालका जिल्ला प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै कार्यक्रममा राजनैतिकदलका प्रतिनिधिहरु , मन्त्रालयका उपसचिव , उवासंध चितवनका अध्यक्ष राजन गौतम, पत्रकार महासंध िचितवनका अध्यक्ष्ाँ हरि पोख्रेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई बजार संरक्षण अधिकृत ओम नारायण शर्माले सहजीकरण गर्नु भएको थियो ।

Loading...