सामुदायीक बनमा राजनीतिः अधिवेशन भएको चार महिनापछि नयाँ कार्यसमिति

चितवन । अधिवेशन आयोजना गरिएको भण्डै चार महिनापछि भीमवली सामुदायि वन उपभोक्ता समुहले नयाँ कार्य समिति पाएको छ । नेतृत्वको विषयमा राजनीतिक दलहरुबीच भइरहेको तीब्र विवाद र मतभेदका कारण नयाँ कार्यसमिति चयन हुन सकेको थिएन ।

दलहरुबीच भएको चार महिने गृह कार्यपछि बुधवार मछिन्द्र पाण्डेको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गर्न सफल भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रदेव महतो, सचिवमा रिता विक, सह सचिवमा विष्णु प्रसाद अधिकारी, कोषाध्यक्षमा लोकराज चौधरी चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा हरिहर महतो, रामकृष्ण चौधरी, नुरनाथ पोखरेल, शेषमान दर्जी, जानकी मर्दनिया, सुमित्रा चौधरी, सरिता सापकोटा, पवित्रा खनाल, कल्पना लाहनी, निर्मला रेग्मी र शान्ता थापामगर रहेका छन् ।

यस्तै अधिवेशनले रेवती प्रसाद ढकालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरेको छ । लेखा समिति सदस्यहरुमा रामप्रसाद खनाल, दण्डप्रसाद उपाध्याय रहेका छन् । यसैगरी अधिवेशनले अर्जुन मर्दनियाको संयोजकत्वमा पाँच सदस्य रहनेगरी अनुगमन समिति समेत गठन गरेको छ । अनुगमन समिति सदस्यहरुमा भीमप्रसाद दवाडी, चेतकुमारी पाण्डे, देवी महतो र विष्णु अधिकारी रहेका छन् । यसैगरी निवर्तमान अध्यक्ष विष्णुप्रसाद सिंखडाको संयोजकत्वमा पाँच सदस्य रहनेगरी सल्लाहकार समिति गठन गरिएको छ ।

Loading...