विभोर सोसाईटी डेभ्लभमेन्ट बैंकले दियो विद्यालयलाई १० थान कम्प्युटर

चितवन । विभोर सोसाईटी डेभ्लभमेन्ट बैकले देवघाटमा रहेको बज्र योगिनी माद्यमिक विद्यायललाई १० थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैकले आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ४ लाख बराबरको १० थान कम्प्युटर विद्यायलाई हस्तान्तरण गरेको हो । विद्यालयमा यसअघि १३ कम्प्युटर रहेकोमा १० वटा थपिएर अब २३ वटा पुगेको छ ।
 
कम्प्युटर हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि बंैकका अध्यक्ष सुसील राज पराजुलीले विद्यालयको शैक्षिक विकासमा टेवा पु–याउने उदेश्यका साथ कम्प्युटर सहयोग गरीएकोे बताउनुभयो । उहाँले बैकले आप्mनो सामाजिक उत्तरदायीत्व अन्तर्गत शैक्षिक क्षेत्र तथा विभिन्न सामाजिक क्षेत्रमा लगानि गदै आएको बताउदै विभोर वंैकले हाड्रो लगायत उत्पादनमुलक क्षेत्रमा लगानि गर्दै आएको जानकारी दिनुभयो ।
 
त्यस्तै कार्यक्रममा फुटबल, बास्केटबल, चेस, भलिबल लगायतका खेलकुदका सामाग्री पनि विद्यालयलाई हस्तान्तरण गरीएको थियो । बैंकका प्रमुख कार्यकारी सुसील राज पराजुलीले राष्ट्र बैंकको निति अनुसार वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत विभोर सोसाईटी बैंकले विद्यालयलाई सहयोग गरेको बताउनुभयो । यस्तै उहाँले हरेक व्यक्ति बैंकसँग जोडिनुपर्नेमा जोड दिदै बचत गर्ने बानी विकास गर्नुपर्ने बताउनुभयो ।
 
यस्तै कार्यक्रममा बैकका नारायाणगढ साखा प्रमुख हिमालयन रेग्मीले वैंकको महत्व, विभिन्न किसीमका खाताका बारेमा जानकारी दिनुभएको थियो । उहाँले विभिन्न किसीमबाट बंकमा जोडिएर भविष्यमा भईपरी आउने जोखिम न्युनिकरण गर्न सकिने बताउनुभयो । बैकको चितवनमा लायन्सचोक, हाकिमचोक र टाडीमा शाखा रहेको छ ।
 
कार्यक्रममा विद्यालयका प्राधानाध्यापक रिसी प्रसाद घिमिरेले भौतिक संरचना, दरबन्दी लगायत विभिन्न अभावका बाबजुत सञ्चालन भईरहेको विद्यालयलाई यस्तो सहयोगले शैशिक्ष गुणस्तरमा ठुलो सहयोग पुग्ने भन्दै धन्यवाद दिनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर गुरुङले २०१८ बाट सुरु भएको सो विद्यालयमा हाल ३५० विद्यार्थी अध्ययनरत रहेका जानकारी दिनुभयो ।

Loading...