नेपालमा हिन्दु राष्ट्रको हावा युपीमा कट्टर हिन्दु नेता योगी अादित्यनाथ मुख्यमन्त्री

काठमाडौँ । नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी अादित्यनाथ चयन भएका छन् । सत्तारूढ पार्टी भाजपाले बहुमत ल्याएको राज्य युपीमा उसले नयाँ मुख्यमन्त्रीमा विवादास्पद पृष्ठभूमिका योगी आदित्यनाथलाई ल्याउने भएको हो ।

भाजपा विधायक दलको बैठकले योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । यसैगरी उत्तर प्रदेशमा दिनेश शर्मा र केशवप्रसाद मौर्य उपमुख्यमन्त्री बन्ने भएका छन् योगी आदित्यनाथ गोरखपुरबाट पाँचौं पटक विजयी भएका हुन् भने उनको नाम गत वर्षदेखि नै भाजपाको मुख्यमन्त्रीका रुपमा चर्चामा थियो ।

उनी उत्तर प्रदेशमा विभिन्न विवादित कार्यका कारण बेलाबेलामा चर्चामा आउने गरेका छन् । नेपालमा हिन्दु राष्ट्रको चर्चा सुरू हुँदै गर्दा नेपालको सीमावर्ती राज्य युपीमा कट्टर हिन्दुवादी विवादास्पद छविका योगी अादित्यनाथ मुख्यमन्त्री बन्नुलार्इ अर्थपूर्ण रूपमा हेरिएको छ ।

Loading...