शीर्ष स्थानमा कायम रहँदै बार्सिलोनासँग दुरी बढायो रियल म्याड्रिडले

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले पाँच अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गर्दै रियल मड्रिडले शिर्ष स्थानको अग्रता ५ मा र्पुयाएको हो ।

प्रतिस्प्रधात्मक खेलमा जित निकालेसंगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी पाँच मा र्पुयाएको हो । एथ्लेटिको बिल्बाओलाई उसैको मैदानमा पराजित गर्न रियल मड्रिडका करिम बेन्जिमा र कासेमिरोलो एक एक गोल गरे । बिल्बाओका लागि आरिट्ज अडुरिजले गोल फर्काए ।

जितपछि शीर्ष स्थानको रियल मड्रिडले २७ खेलबाट ६५ अंक बनाएको छ ।  दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६० अंक छ ।

Loading...