‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइयो

- ‘जसको दाँत सबल, उसको जीवन सफल’

काठमाण्डौँ । ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने मूल नाराका साथ ‘विश्व मुख स्वास्थ्य दिवस’ सोमबार राजधानीमा सम्पन्न भएको छ ।
मूल समारोह आयोजक समितिका अध्यक्ष डा. सुवास घिमिरेले नेपालमा अरु स्वास्थको तुलनामा मुख तथा दन्त स्वास्थको बारेमा त्यति सचेत नभएको बताए ।

नेपाल डेन्टल एसोसियसनले देशभरका नौवटा शाखामार्फत साताव्यापी रूपमा मुलुकभर रहेका हरेक डेन्टल कलेज, हस्पिटल र क्लिनिकमा मार्च १६ देखि २२ गतेसम्म निशुल्क मुख तथा दन्त परीक्षण सेवा सञ्चालन गर्न आह्वान गरेको छ ।

एसोसिएसनको आयोजना र पेप्सोडेन्टको सहकार्यमा सोमबार काठमाडौंको आर्मी क्लब भद्रकालीबाट सुरु भएको मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक प्रभातफेरी त्रिपुरेश्वर पुगेर पुनः क्लबमै आएर टुंगिएको थियो । कार्यक्रममा दन्तचिकित्सक, दन्त सहायक, विद्यार्थीलगायत सर्वसाधारणसमेत गरी हजारौंको सहभागिता रहेको थियो ।

उक्त प्रभातफेरी कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौँ निर्बाना र ओम् समाज डेन्टल अस्पतालले संयुक्त रुपमा सहभागीता जनाएका थिए ।

Loading...