मिस चितवनको ट्यालेन्ट शो

चितवन । मिस चितवन २०१७ ले  सोमबार नारागढमा ट्यालेन्ट शो प्रतियोगिता आयोजना गरेको छ । सो कार्यक्रममा  सहभागी २८ युवतीहरुले गायन, नृत्य, कविता बाचन गरी आफुमा भएको प्रतिभालाई प्रस्तुत गरेका थिए ।

त्यस्तै उनीहरुले प्रस्तुत गरेको प्रतिभालाई देवघाट क्षेत्र विकास समितीका अध्यक्ष टंकनाथ पौडेल ,पूर्व प्राचार्य सरस्वति रिजाल ,चितवन उद्योग वाणिज्यसंघका अध्यक्ष राजन गौतम ,नेशनल मोडल अफ फेशन कलेजका प्रवधक निर्देशक रोशन घिमिरेले निर्णयकको भुमिका निर्वाह गर्नुभएको थियो । साथै उहा“हरुले यस्ता किसिमका प्रतियोगिताले महिलाको आन्तरिक क्षमता अभिवृद्धि गर्नमा टेवा पु¥याउने बताउनुभयो ।

प्रतियोगी मध्येकी एक नमुना कार्कीले आफुले ताज जित्न मात्र नभएर आत्मबिश्वास बढाउन प्रतियोगितामा भाग लिएको बताउनुभयो ।  मिस चितवन–२०१७ को फाइनल यहि चैत्र ११ गते हुने आयोजकले जनाएको छ ।मिस चितवनको तेस्रो संस्करणको प्रतिस्पर्धाका लागि अडिसनबाट २८ युवतीलाई छनौट गरिएको र उनीहरुबीच फाईनल प्रतिस्पर्धा हुने कार्यक्रम निर्देशक सुनिल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मिस चितवनको अडिसन राउण्डमा ५० जना युवतीले सहभागिता जनाएका थिए । फाईनल प्रतिस्पर्धाका लागि छनौट भएका युवतीहरुलाई एक महिनासम्म नेतृत्व विकास, फिटनेस, आध्यात्म सम्बन्धि तालिम, जनचेतनामुलक कार्य तथा सामाजिक कार्यमा लगाईएको थियो । उनीहरुलाई कोरियोग्राफर सञ्जित श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । शालिमार मिस चितवनको उपाधि विजेताले स्कुटि, म्युजिक भिडियोमा अभिनय गर्न अवसर पाउने तथा मिस नेपालमा वाईल्ड कार्डबाटै प्रतिस्पर्धामा सहभागि जनाउने पाउने आयोजकले जनाएको छ ।

Loading...