पुनःनिमार्णको पर्खाइमा गोरखा कालिका मन्दिर

- राजेन्द्र कार्की

गोरखा । पुरातात्विक र धार्मीक रुपमा बिशिष्ट पहिचान बोकेको गोर्खामा भुकम्पले जिर्ण बनाएका संरचनाहरुको पूर्णरुपमा पुन निर्माण अझै हुन सकेको छैन । गोर्खामा रहेको गोर्खा कालिका मन्दिरको पुन निर्माणको लागि यतिका समयपछि अहिले आएर टेण्डरको प्रक्रिया चलेको छ ।

 २०७२ सालको भुकम्पले जिर्ण बनाएको सो मन्दिरको पुन निर्माणको लागि अहिले प्रक्रिया थालिएको छ । पुरातात्विक र धार्मीक रुपमा महत्व रहेको सो मन्दिरको गजुर पट्टिको माथील्लो भागमा भुकम्पले क्षती पु¥याइको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म भएको गोर्खामा जगत माता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको मन्दिर पनि रहेको छ ।

गोरखनाथको मन्दिर भुकम्पले ध्वस्त बनाएको भएपनि पुननिर्माणको काम गरिसकिएको गोर्खा दरबार हेरचाह अडडाकी सब ईन्जिनियर शर्मिला थापाले बताउनुभयो । यहा हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नोे मनोकामना पूरा हुने धार्मीक आस्थाका साथ आउने गर्छन् ।

पुरातात्विक र धार्मीक महत्व रहेको गोर्खामा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्र्तगतको पुरातत्व बिभागले गोर्खाका पुरातात्विक र धार्मीक स्थलहरुको संरक्षण गर्ने गरेको छ । पुरातत्व बिभागले गोर्खा कालिका मन्दिरको पुन निर्माणको लागि अहिले टेण्डरको प्रक्रिया चलाएको गोर्खा दरबार हेरचाह अडडाकी सब ईन्जिनियर शर्मिला थापाले जानकारी दिनुभयो ।

गोर्खामा रहेको मुख्य दरबार अत्यन्तै नाजुक जिर्ण अवस्थामा रहेको र त्यसको लागि बहुबर्षीय प्रक्रियामा कार्य अगाडी बढाउने पनि उहाले उल्लेख गर्नुभयो । त्यहा रहेको रोट बनाउने स्थान, दमाई पार्टी लगायतका अन्य संरचनाहरु पुन निर्माणको कार्य भईरहेको र अहिले पुन निर्माणको कार्य तिब्रताका साथ भईरहेको पनि उहाले उल्लेख गर्नुभयो ।

गोरखा दरवार परिसरभित्र सितल पाटी र गोरखा दरवारको वीचमा तीन खण्डमा सुसजित गजुर युक्त मन्दिर कालिका मन्दिर हो । मन्दिर तेलिया इटा र चुना सुर्कीले वनेको छ भने छाना झिंगटीको लगाइएको छ । झिंगटीको छाना माथि सुनको जलप लगाएको धातुको गजूर रहेको छ ।

अहिले गोर्खा कालिका मन्दिरको अबस्था अत्यन्तै नाजुक रहेको र बर्षायाममा मन्दिर कसरी जोगाउने भन्ने समस्या रहेको गोर्खा दरबार हेरचाह अडडाकी सब ईन्जिनियर थापाले बताउनुभयो । साथै पुन निर्माणको लागि अहिले टेण्डरको प्रक्रिया गएको र अब चाडै पुन निर्माण सम्पन्न हुने उहाले जानकारी दिनुभयो ।

पुरातात्विक र धार्मीक रुपमा पहिचान रहेका यस्ता स्थानहरुको संरक्षण र पुननिर्माण तदारुकताका साथ हुनुपर्छ जसले हाम्रो प्राचिन ईतिहासलाई जिवन्त राख्न मद्दत पु¥याउछ ।

 

Loading...