२-इन्च मोटारसहित हतियार र विष्पोटक पदार्थ फेला

भोजपुर । जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा बाकसमा अत्याधुनिक हतियारहरू फेला परेका छन् । दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

बाकसमा २-इन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । फेला परेका हतियार तथा विष्पोटक पदार्थ प्रहरी चौकी दोभानेको सुरक्षामा घेरामा राखिएको छ ।

नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट डिस्पोजल टोली घटनास्थलमा खटिएको जनाइएको छ ।

Loading...