चार दिनमा भरतपुर कारागारका दुर्इ कैदीको मृत्युः किन गुमाउँछन् कैदीले कारागारमै ज्यान ?

चितवन । भरतपुर कारागारभित्र वर्षेनी कैदीहरूको दीर्घ रोगका कारण मृत्यु हुँदै अाएको छ । मेडिकल हवको रूपमा परिचित चितवनमा अन्य जिल्लाबाट दीर्घ रोग लागेका कैदीबन्दीहरू स्थानान्तरण भइ अाउने गरेका छन् ।

पछिल्लो चार दिनमा भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका दुर्इ कैदिको मृत्यु भएको छ । दुबैको मृत्यु क्यान्सर रोगकका कारण भएको कारागारले जनाएको छ । यही चैत ९ गते सुन्धुलीका ३५ वर्षिय अर्जून गिरीको क्यान्सरकै कारण मृत्यु भएको थियो ।

शनिबार मात्र रूपन्देही रूद्रपुरका खगराज पौडेलको समेत क्यान्सरकै कारण मृत्यु भएको भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जनाकारी दिए । उनका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा भरतपुर कारागारमा ३० जनाको मृत्यु भइसकेको छ ।

फोक्सोको क्यान्सर भएका गिरीको उपचारको क्रममा अस्पतालनमा मृत्यु भएको थियो । २०७० सालमा अदालतले उनलार्इ जबर्जस्ती करणी मुद्दा दोषी ठहर गर्दै १० वर्षको कैद सजाय सुनाएको थियो । रामेछापमा कैद भुक्तान गरिरहेका उनलाई क्यान्सर रोग लागेपछि उपचारका लागि केही महिनाअघि चितवन ल्याइएको थियो ।

त्यसैगरी २०५४ फागुन १ गते जेल परेका पौडेललाई क्यान्सर लागेपछि २०७३ साल कात्तिक १ गते पाल्पा जेलबाट भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो । उनले ज्यानमुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए ।

तत्कालिन माअोवादी लडाकुले पाल्पा अाक्रमण गर्दा उनलार्इ माअोवादी लडाकुले अाँफूसँगै लिएर गएका थिए । केही वर्ष घरमा बसेका उनलार्इ पुनः प्रहरीले पक्राउ गरी कैद भूकतानका लागि कारागार पठाएको थियो ।

क्यान्सर रोगबाट पीडित पौडेलको शनिबार मृत्यु भएको भरतपुर कारागार प्रमुख कमलप्रसाद काफ्लेले जनाकारी दिनुभयो ।

Loading...