माडीमा न्यू इयर कप फुटवल हुने

चितवन । माडीको वसन्तपुरमा न्यू ईयर कप २०७४ गर्न लागिएको छ । नयाँ वर्षको अवसर पारी चैत्र २० गतेदेखि न्यू ईयर कप गर्न लागिएको हो ।
बसन्तपुर युनाईटेड क्लबको आयोजनामा बसन्तपुरको खेलमैदानमा जिल्ला स्तरी न्यू ईयर कप नकआउट फुटबल प्रतियोगिता गर्न लागिएको हो । क्लबले हरेक वर्ष गर्दै आएको सो प्रतियोगिताको यो १५ औं संस्करण हो । करिब ५ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद रु ५० हजार , दोस्रो हुनेले २५ हजार रुपैया सहित ट्रफी र मेडल पाउने छन । प्रतियोगिताको अन्तिम तयारी भईरहेको क्लबका अध्यक्ष एवं संयोजक नविन बस्यालले जानकारी दिए । अध्यक्ष बस्यालका अनुसार ै हरेक खेलमा म्यान अफ दी म्याच घोषणा गरी पुरस्कारको ब्यवस्था गरिएको र विविध विधामा उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिने छ ।

क्लबका अध्यक्ष नविन बस्यालले जानकारी दिए । कुल २४ टिमको सहभागिता रहने सो प्रतियोगितामा बैशाख १ गते सम्म संचालन हुने छ ।

Loading...