निर्वाचनको घोषणाले उद्योगीहरु उत्साही

चितवन । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले स्थानिय तहको निर्वाचनको मिति तय गरेसंगै उद्योगि व्यावसायीहरु उत्साहित वनेको वताउनु भएको छ । परिसंघको राष्ट्रिय परिषद बैठकमा सहभागि हुन बिहीबार चितवन आउनु भएका शर्माले पत्रकार सम्मेलनमा वोल्दै स्थानिय तहको निर्वाचन पछि उद्योग संञ्चालनको वातावरण वन्ने वताउनु भएको हो । सरकारले अहिले औद्योगिक वातावरण वनाउने प्रयत्न गरेको भन्दै उहाँले यसले उद्योगि व्यावसायी उत्साहित वनेको बताउनु भयो ।

लामो समय देखि उद्योग खोल्ने बातवरण नभएको समयमा सरकारले गरेको कामले उद्योग धन्दा फस्टाउने शर्माको भनाई थियो । नेपालको कुल ग्राहस्त उत्पादनलाई वढाउनका लागि सरकार र निजि क्षेत्र मिलेर काम गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो । औद्योगिक विकासका लागि अवको समयमा बिकास निर्माण हुनु आवश्यक रहेको भन्दै उहाँले यसले मात्र नेपालको उत्पादनले विदेशि वजार संग प्रतिस्पर्धा गर्न सक्ने बताउनु भयो । नेपालको उत्पादनले विदेशि वजार संग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली युुवाहरुले रोजगारी पाउन नसकेको उहाँले बताउनु भयो ।

देशको अर्थतन्त्रको विकास गरेर मात्रै अन्य क्षेत्रको विकास हुने भन्दै शर्माले नेपाली युवाहरुमा क्षमता विकासको आवश्यकता रहेको वताउनु भयो । नेपालीहरुमा सैदान्तिक ज्ञान भए पनि प्रयोगात्मक ज्ञानको कमिका कारण युवाहरु विदेशिन वाध्य भएको उहाँले बताउनु भयो । सरकारले चितबनमा ठूलो औद्योगिक क्षेत्र निर्माण गर्न लागेको भन्दै उहाँले सो क्षेत्रमा लगानि गर्न नेपाली उद्योगिहरु उत्साहित वनेको बताउनु भयो । स

रकारले औद्योगिक वातावरण निर्माण गर्न लागे संगै समयानुकुल पहाडि क्षेत्रहरुमा पनि उद्योग धन्दा खुल्दै जाने शर्माले बताउनु भयो । यसै विच नेपाल उद्योग परिसंघको बिहीबार देखि मेघौलीको गोलाघाटमा सुरु भएको राष्ट्रिय परिषद वैठकमा देशको औद्योगिक अवस्था र औद्योगिक विकासका विषयमा छलफल गरिने छ । शुक्रबार सम्म चल्ने सो बैठकमा ३५ जनाको सहभागिता रहने छ ।

Loading...