यस्तो देश जहाँ महिलाहरू अाफ्नो दुध बेच्छन्, अमेरिकीहरू किन्छन्

काठमाडौँ । कम्बोडियामा केही महिलाले आफ्नो दूध अमेरिकी महिलाका लागि बेचिरहेको विषयमा विवाद सिर्जना भएपछि प्रतिबन्ध लगाइएको छ । महिलाको दूध बिक्रीको विषयलाई लिएर उनीहरुको शोषण भएको हो वा यस्तो गर्नु उनीहरुको अधिकार भएका भन्ने विषयमा विवाद चुलिएको हो ।

पछिल्ला दुई वर्षदेखि दर्जनौं महिलाहरु आफ्नो स्तन बच्चालाई चुसाएर बाँकी रहेको दूधलाई अम्ब्रोसिया ल्याब नामको कम्पनीमार्फत बेचिरहेका थिए । कम्पनीले दूधको प्रोशेसिङ गरेर अमेरिकामा बेच्दै आएको थियो । अमेरिकामा आफ्नो बच्चाका लागि दूध उत्पादन गर्न नसक्ने महिलाले सो दूध प्रयोग गर्दै आएका थिए ।

कम्बोडियाले ब्रेस्ट मिल्कको निर्यातमा प्रतिबन्ध लगाएपछि यसको कारोबार तत्कालका लागि रोकिएको हो अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अहिलेसम्म यस विषयमा कुन प्रकारको कारबाही भयो भन्नेबारेमा स्पष्ट नभएपनि अन्य केही विवादित गतिविधिमाथि प्रतिबन्ध लगाइएको जनाइएको छ । यसमा मानव अंगको तस्करी तथा भाडाको कोख समेत सामेल छ ।

यसअघि स्वास्थ्य अधिकारीहरुले मानव अंगको उत्पादन व्यापारको छानविन भइरहेको जनाएका छन् । केही देशले दूध बैंक समेत चलाउने गरेका छन् । यी बैंकमा महिलाले स्वेच्छाले बच्चाका लागि दूध दान गर्ने गर्दछन् । ब्रेस्ट मिल्क वेबसाईटका माध्यमबाट निजी सञ्जालमा समेत खरिद गर्न सकिन्छ ।

केही देशमा प्रतिबन्धका बाबजुद यो उद्योग राम्ररी फस्टाएको पाइन्छ । चिल्ड्रेन च्यारिटी युनिसेफले भने यसलाई एक प्रकारको शोषण भएको उल्लेख गरेको छ । युनिसेफले भनेको छ, ‘गरिब महिलाहरु फाइदाका लागि यसो गरिरहेका छन् ।’

सो संस्थाले ब्रेस्ट मिल्कलाई व्यापारिकरण गर्न नहुने समेत उल्लेख गरेको छ । अम्ब्रोसियाको एक पसल कम्बोडियाको राजधानी नोमपेन्ह नजिकै रहेको छ । सो इलाका ज्यादै गरिबहरुको बस्ती हो । सोही कारण पसलले त्यहाँका महिलासँग सम्पर्क राख्ने गर्दछ । अम्ब्रोसियाले २८ एमएल दूधका लागि आधा डलर दिने गर्दछ र त्यसको ८ गुणा बढी लिएर अमेरिकामा बेच्ने गर्दछ ।

आलोचकहरुले भने आफ्नो बच्चा हुनुका बाबजुद पनि दूध बेचिरहेका महिलालाई प्रोत्साहन मिलिरहेको दाबी गरेका छन् । महिला अधिकारकर्मीले महिलामाथि हुने शोषणको विरोध गर्ने गरेका छन् । मेडिकल मानवशास्त्री अंचली पाल्मकिस्टले भनिन्, ‘महिलालाई औंसका रुपमा भुक्तान गरिन्छ । यस्तोमा महिलामाथि दूध उत्पादन गर्ने दबाब हुने गरेको छ । यसबारे महिलालाई ठीक ढंगले सूचना समेत दिइने गरिएको छैन ।’

Loading...