निर्वाचनका लागि घोषणापत्रको तयारीमा क्रान्तिकारी माअोवादी (कस्तो होला घोषणापत्र ?)

काठमाडौँ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय चुनावलार्इ क्रान्तिकारी उपयोग गर्ने भन्दै निर्वाचनको तयारीमा लागेको छ । पार्टीको बैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले स्थानीय चुनावमा भाग लिने छ । त्यसका लागि घोषणापत्रको तयारी भइरहेको छ ।

सीपी गजुरेलको अध्यक्षतामा बसेको मोर्चाको बैठकले स्थानीय निर्वाचनलाई ‘क्रान्तिकारी उपयोग’ गर्ने निर्णय गर्दै निर्वाचनको तयारी थालेको हो । निर्वाचनमा प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख पार्टीसँग तामेलन नगर्ने समेत माेर्चाले निर्णय गरेको । उनीहरुको भण्डाफोर गर्ने मोर्चाले बताएको छ । बैद्य माओवादीले कांग्रेसलाई प्रतिक्रियावादी र एमालेलाई प्रतिक्रियावादन्मुख पार्टी भन्दै आएको छ ।

पार्टीको खुला मोर्चाले निर्वाचनमा मुद्दा तथाविषयवस्तु मिल्ने अन्य पार्टी र शक्तिहरुसँग तालमेल र समझदारी कायम हुन सक्ने बताएको छ ।

Loading...