बार्सिलोना फयानहरुको भेला

भरतपुर । फुटवल क्लव बार्सिलोनाका फ्यानहरुको भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ । सो भेलामा वार्सिलोना फुटवल क्लवका समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । समर्थकहरु लियोनल मेसीको नाम र जर्सी नम्बर अंकित टिसर्ट लगाएर कार्यक्रममा उपस्थित भएका थिए ।

कार्यक्रममा बोल्दै अतिथि खेलकुद पत्रकार मंच चितवनका महासचिव दिपेन्द्र अधिकारीेले बाहिरी देश र क्लव तथा खेलाडीका फुटवल समर्थकहरुको एकता राम्रो पक्ष भएपनि नेपाली फुटवल र खेलाडीलाई विर्सन नहुने बताए ।

कार्यक्रममा बार्सा फुटवल क्लव काठमाडौंका कोषाध्यक्ष मनिष श्रेष्ठ, पोखराका अध्यक्ष अशोक वराल, साजन अधिकारीलगायतले क्लवको आवश्यकता र औचित्यबारे स्पष्ट पारको थिए । साथै चितवनमा क्लव गतिविधि अघि वढाइरहेका कुशल लामिछानेले विभिन्न सामाजिक काममा आफूहरु लाग्ने समेत बताए ।  

 

Loading...