एनसेलबाट ३३ करोड पुजिगत लाभकर असुल्न लेखा समितिको निर्देशन

एनसेल प्रकरणः लाभकर छुट दिने निर्णय नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल विक्री प्रकरणमा ३३ अर्ब लाभकर छुट दिने निर्णय नभएको बताएका छन् । अाइतबार संसदको सार्वजनिक लेखा समितिमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा एनसेलको अहिलेको कम्पनी आजियाटाले पुरानो कम्पनीबाट उठाइयोस भनेर निवेदन दिएको भन्दै उनले मन्त्रिपरिषदमा मौखिक रुपमा छलफल मात्र भएको बताउँदै लिखित प्रस्ताब मन्त्रिपरिषदमा नपुगेको दाबी गरे ।

उनले क्रेताबाट नभइ बिक्रेताबाट लाभकर उठाउन प्रयास मात्र गरिएको बताउँदै क्रेता-बिक्रेता दुबैलाई राखेर लाभकर कसले तिर्ने भन्ने बारे छलफल गरी टुंगोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै लाभ कर चुक्ता नगरी कम्पनी किनबेच भएकोबारे अध्ययन तथा छानविन समिति बनाउने समेत उनले संसदीय समितिमा प्रतिवद्धता जनाए । काठमाडौं, चैत २७–व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले बैशाख २ गते भित्र एनसेलबाट ३३ अर्ब पूँजीगत लाभकर असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आईताबार बसेको बैठकले बैशाख २ गते भित्र एनसेलबाट पूँजीगत लाभकर असुल गर्न दिइएको पुरानै निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयलाई सचेत गराएको हो ।
प्रधानमन्त्रीसँग सोधपुछ गरेपछि पूँजीगत लाभकर प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट नभई सम्बन्धित मन्त्रालयबाटै असुली गर्ने पुरानै निर्णय कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

समितिले यस अघि नै एनसेलबाट पूजीगत लाभकर उठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ । आयकर ऐन २०५८ अनुसार एनसेलले नै पुँजीगत लाभकर असुल गर्नुपर्ने समितिले दिएको निर्देशनमा उल्लेख गरिएको छ । अर्थ मन्त्रालयले समितिले दिएको निर्देशन अनुसार एनसेलको पूजीगत लाभकर उठाउन विज्ञसम्मिलित कार्यदल नै बनाएर काम सुरु गरिसकेको छ ।

समितिले एनसेलको हरेक पटकको कारोबारमा कर छलीको प्रयास गरेको भन्दै दोषीमाथि कडा कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पुनः निर्देशन दिएको छ ।
१२ औं पटकसम्म एनसेलको कारोबार भएकाले कर छली गर्ने निकायको पहिचान गरी कार्वाही गर्न अख्तियारलाई पनि सचेत गराउने निर्णय लिइएको समितिका सभापति उपाध्यायले बताए ।
समितिले यस अघि नै एनसेल कर छलीमा संलग्नहरुलाई कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो ।

Loading...