तेश्रो विद्यालय फुटबलको उपाधि बाल्मिकीले हात प¥यो

चितवन, २७ चैत । तेश्रो जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि बाल्मिकी शिक्षा सदन भरतपुरले हात पारेको छ ।
पिस जोन स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगितामा डेजी आवसाीय माविलाई टाईबे्रकरको आधारमा ५ गोलका विरुद्ध ६ गोलले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

यस्तै प्रतियोगितामा बालकुमारी ईग्लिस बोडिङ्क स्कुल नारायणागढ तेश्रो स्थान र स्टेप बाई स्टेप ईग्लिस बोडिङ्क स्कुल भरतपुर चौथो स्थान हात पारेको नेपाल विद्यालय फुटबल संघ चितवनका अध्यक्ष धनप्रसाद रेग्मीले जानकारी दिए । प्रतियोगिताको उपाधीसगै विजेता बाल्मिकी शिक्षा सदनले २० हजार रुपैया नगदसहित शिल्ड, प्रमाणपत्र पाएको छ । भने क्रमशः दोश्रोले १५ हजार, तेश्रो १० हजार र चौथोले ५ हजार रुपैया नगदसहित शिल्ड प्रमाण पाए ।

विजेतालाई एक समारोहका विच नेपाल विद्यालय फुटबल संघका केन्दिय सचिव आरवी कटुवालले पुरस्कार प्रदान गरेका थिए । चैत २३ गते देखि २७ गते सम्म चलेको प्रतियोगितामा जिल्लाभरका ३२ वटा विद्यालयहरु सहभागी थियो । विद्यालयस्तरबाट नै फुटबल खेलको विकास गर्ने उद्देश्यका हरेक बर्ष यसरी प्रतियोगिता गर्दै आएको संघका अध्यक्ष धनप्रसाद रेग्मीले बताए ।

यस्तै प्रतियोगितामा फेयर प्लेको उपाधि अमरज्योति ईग्लिस बोडिङ्क स्कुल गितानगर, फेष्ट गोलकिपरमा डेजी स्कुलका शिव पाठक र सर्वाधिक गोलकर्ताको उपाधि समेत बाल्मीकीका विप्लव सापकोटाले हात पारेका थिए ।

Loading...