चितवनको बजारमा “जियोनी ए वान” सावर्जनिक

समाजिक सेवालाई अगाडी बढाउने हाई टेक ट्रेड कन्र्सन घोषणा जियोनी शिक्षा मुख्य प्रथामिकतामा

चितवन । जियोनी व्राण्डको मोवाईलको नयाँ मोडल “जियोनी ए वान” चितवनको बजारमा पनि सार्वजनिक गरिएको छ ।
विश्वविख्यात व्राण्डका रुपमा छोटो समयमा परिचित जियोनिले आफ्नो क्षेत्रिय वितरक हाई टेक ट्रेड कन्र्सन एक भव्य समारोहका विच चितवनमा सार्वजनिक गरेको हो ।

“जियोनी ए वान” को जियोनी मोवाईलको नेपालका लागि सेल्स हेड दिपक श्रेष्ठ हाई टेक कन्र्सनका प्रबन्ध निर्देशक विवेक शर्मा, क्षेत्रिय सेल्स म्यानेजर नविन पण्डित र एरिया सेल्स म्यानेजर सन्तोष बस्नेतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

विगत एक दशदेखि मोवाईल खरिद बिक्रिमा लोकप्रियले कन्र्सनले चितवन, नवलपरासीका ग्राहकवर्गहरुको चाहानालाई मध्ये नगर गर्दै सेल्फी र ब्यट्रि ब्यापक भएको जियोनीको नयाँ मोडल काठमाडौंँ चितवनबाट पनि सार्वजनिक गरेको कन्र्सनका प्रबन्ध निर्देश क विवेक शर्माले बताए । ए वानमा ४०१० एमएएचको ब्याट्री प्याक राखिएको छ भने ए वान प्लसमा ४५५० एमएएचको ब्याट्री राखिएको छ ।

यो स्मार्टफोनमा नयाँ १८ वाटका नयाँ अल्ट्राफास्ट चार्जिंग प्रविधि राखिएको छ, जसले फोनलाई २ घण्टामा पुरै चार्ज गर्नेछ । ए वान स्मार्टफोनमा ५.५ इन्चको फूलएचडी एमोलेड प्यानेल प्रयोग गरिएको छ । भने मिडिया टेकको हेलियो पी १० चीपसेट राखिएको छ । यसमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिने कम्पनीका ेपालका लागि सेल्स हेड दिपक श्रेष्ठले बताए । चितवन आसपासमा मोवाईल मार्केटको झण्डै २० प्रतिशत हिस्सा जियोनीले ओगटेको छ ।

जियोनी ए वानमा ड्यूल सिम सपोर्ट छ भने फोटोका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । सेल्फीका लागि यसमा फ्रन्ट फ्ल्याश पनि रहेको छ । यो फोन एन्ड्रोयड नुगटका साथमा आउनेछ ।

४०१० मिलि एम्पियर क्षमताको ठूलो ब्याट्रीले दिनभर चार्जर खोजिरहने झण्झटबाट मुक्त बनाउन उनको दावी छ । यसको पछाडीपट्टी १३ मेगापिक्सेलको एउटा फ्लास क्यामेरा जडित छन् । अघिल्लो भागमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । खैरो, कालो र सुनौलो रंगमा उपलब्ध हुने यो सेट एन्ड्रोइड नोगट ७ अपरेटिङ सिस्टमबाट सञ्चालन हुनेछ ।

समाजिक सेवालाई अगाडी बढाउने हाई टेक ट्रेड कन्र्सन घोषणा जियोनी शिक्षा मुख्य प्रथामिकतामा
यसैबीच विगत एक दशक देखि ल्यापटप तथा मोवाईल खरिद बिक्रिमा सक्रिय हाई टेक ट्रेड कन्र्सनले विभिन्न सामाजिक उत्तरदायित्वको काम गर्ने घोाषणा गरेको छ ।
आफ्नो सेवा सञ्चालनको १० बर्ष पुगेको अवसर परि कन्र्सनको सामाजिक उत्तर दायित्व अभियान अन्र्तगत विभिन्न सामाजिक कामहरु गर्ने हाई टेक ट्रेड कन्र्सनका प्रबन्ध निर्देशक विवेक शर्माले बताए ।

वैकल्पीक राजधानीको रुपमा चितवनलाई स्थापित गराउने अभियान चलिरहदाँ सूचना र प्रविधिको प्रयोगलाई आम जनतामा पु¥याउन मोवाईल देखि ल्यापटप सम्म हामी बिक्रि वितरण गर्दै आएको थियौँ प्रबन्ध निर्देशक विवेक शर्माले भने । अब हामी एक दशक पारि गरिरहादाँ किन सामाजिक कार्य पनि अगाडी बढाउन लागेका हौँ ।

सामाजिक अभियान अन्र्तगत कन्र्सन विभिन्न गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई हरेक बर्ष विद्यालय पढाउन (जियोनी शिक्षा) कार्यक्रम गर्ने भएको छ । जसका लागि सामाजिक संस्था राउण्ड टेबल मार्फत पहिलो चरणमा २५ हजार रुपैया दिने, कन्र्सनबाट बिक्रि भएको हरेक जियोनी ए वान मोबाईलबाट एक सय रुपैयाका दरले दिने घोषणा गरेको उनले बताए । कन्र्सन चितवनको लागि जियोनी र नोकीया मोवाईलको आधिकारिक वितरक हो । भने डेल, एचपि, लेजेभो ल्पापटपको समेत अधिकारीक विक्रेता रहेका छ । कन्र्सन आगामी दिनमा आफ्नो सामाजिक कार्य सशक्त रुपमा अगाडी बढाउन अक्षय कोष कडा गरि काम गर्ने समेत उनले बताए ।

Loading...