कृषि विमा सञ्चालन भए पनि किसानसम्म पुगेन पहुँच

चितवन । चितवनमा कृषि तथा पशु बिमा कार्यक्रम संचालन भएता पनि सबै किसानको पहुच सम्म पुग्न सकेको छैन । चितवनमा कृषि तथा पशु बिमा गर्ने कृषकको संख्या न्युन रहेको छ । २०७०÷०७१ बाट सुरु भएको कृषि तथा पशु बिमा कार्यक्रम सुरुवात गरिएको बर्षमा कृषि तथा पशु बिमा गर्ने कृषकको सुन्य संख्ंयामा रहेको कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो ।

साथै उहाले २०७१÷०७२ मा २३ जना , २०७२÷०७३ मा लगभग १ सय ५० जना कुषकले चितवनमा कृषि तथा पशु बिमा गरेको उल्लेख गर्नुभयो । गत आर्थीक बर्षको माघ सम्ममा २ सय १० जना कृषकले कृषि बिमा गरेको जिल्ला कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत थापाले जानकारी बताउनु भयो । कृषि तथा पशु बिमा गर्ने कृषकको संख्या बर्षे पिच्छे बढदो क्रममा रहेको चितवनमा केरा खेतीको बिमा गर्र्ने २ सय ६ किसान तथा मत्स्य, तरकारी, च्याउ खेती गर्ने कृषकले कृषि बिमा गरेको जिल्ला कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत थापाले जानकारी दिनुभयो ।

उहाले अहिले कृषि कार्यलय चितवनले कृषि बिमा सम्बन्धि कृषकहरुलाई बिभिन्न कार्यक्रम र गोष्ठिमा छुटटै १०÷१५ मिनेटको कार्यक्रम राखी बिमा सम्बन्धि जानकारी पनि गराईरहेको बताउनुभयो । चितवनमा केराखेतीको उर्वर भुमि रहेको छ । यस वर्ष क्षेत्रफल विस्तार भई १ हजार सात सय ५० हेक्टरमा केराखेती हुने गरेको छ । रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली, ठिमुरा केराखेतीको पकेट क्षेत्र हुन् । चितवनमा गतबर्ष बढीमा १७ लाख रुपैया सम्म क्षतीपुर्ती स्वरुप बिमा कार्यक्रम अन्र्तगत रहेर कृषकले क्षतीपुर्ती पाएको बागबानी विकास अधिकृत थापाले उल्लेख गर्नुभयो । साथै उहाले चितवनको हकमा एक घरि केरा क्षती बापत कृषकले २ सय क्षतीपुर्ती पाउने व्यवस्था रहेको जानकारी समेत दिनुभयो ।

Loading...