यस्तो बन्यो सायद-२ (भिडियोसहित)

काठमाडौँ । ‘सायद २’को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसरमा “न्यु ईयर ईभ- म्युजिकल नाईट” कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलर सार्वजनिक कार्यक्रमा चलचित्रमा सबै कलाकार तथा निर्माता सुनिल रावलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्माता सुनिल रावलले आफ्नो यस अघिको चलचित्र भन्दा यो चलचित्र अझै राम्रो बनेको बताउनु भयो  । चलचित्रका कलाकारहरुले चलचित्र निकै राम्रो बनेको भन्दै चलचित्रमा समाबेश आफ आफ्नो डैलोग समेत सुनाएका थिए ।

दुर्गिश फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘सायद २’लाई  पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्  । असार ३० गते प्रदर्शन मिति तय भएको फिल्म “सायद २” को मुख्य भूमिकामा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ ।

चलचित्रमा  ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा रहेका छन् । निर्माता सुनिल रावलले यस अघि ‘सायद’ , ‘होस्टल’ र ‘होस्टल रिर्टन्स’ जस्ता सफल चलचित्र निर्माण गरेका छन् ।

Loading...